चितवनमा फिल्म मेकिङ्ग वोर्कशप हुने

यहि फागुन  १० देखी १२ गतेसम्म चितवनको नरायणगढमा फिल्म मेकिङ्ग वोर्कशप गर्न लागीएको छ । कार्याशालाका संयोजनकर्ता पुष्प श्रेष्ठले चलचित्र पत्रकारहरु सगको एक भेटघाट कार्यक्रममा कुराको सो जानकारी दिनु भयो ।
work shop‘चलचित्र क्षेत्रलाई समेटी चितवनमा नै कार्यशाला गर्न लागेका छौं’ उनले भने–‘यसले चलचित्र क्षेत्रको गुणात्मक विकासमा टेवा पु¥याउछ ।’ दासढुङगा, बधसाला, तथा ग्रेट नेपाल जस्ता सफल चलचित्र दिएका निर्देशक मनोज पण्डितले कार्यशालामा सहजीकरण गर्नेछन् । उनले पटकथा लेखन, फोटो पत्रकारीता, चलचित्र क्षेत्रको सम्भावना र चुनौती ,चलचित्र निर्माण तथा अन्य विभिन्न शिर्षकमा सहजीकरण गर्नेछन् । लाईन्स क्लव अफ नारायणगढको आयोजना तथा चलचित्र पत्रकार संघ चितवन शाखाको संयोजनमा कार्यक्रम हुन लागेको हो ।मोफसलमा बसेर पत्रकारीता गर्ने चलचित्र पत्रकारको क्षमता अधिवृद्धी गर्ने उदेश्यले चितवनमा नै पहिलोपटक चलचित्र निर्माण कार्याशाला हुने भएको हो । कार्यक्रममा चितवनका विभिन्न संञ्चार माध्यामका २५ जना पत्रकार तथा कथाकार लगायत चलचित्र सम्बन्धि ज्ञान हाशिल लिन चाहने अन्य व्यक्तिलाई सहभागीता गराईने संयोजनकर्ता श्रेष्ठले वताए ।

Namaste Filmy

Read Previous

गीतसंगीतले सबैको मन जितेको "भूल भुलैया"को अफिसियल ट्रेलर रिलिज (भिडियो सहित )

Read Next

फ्राइडे रिलिज :‘इच्छा’