काठमाण्डौका प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा प्रहरीले हेरे चलचित्र ‘ मिस नेपाल’

फागुन १५, बिहिबार
अगामी बैशाख ५ गते अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘ मिस नेपाल’ प्रति मिस नेपालका आयोजक संस्था हिड्रेन ट्रेजरले आपत्ति जनाउदै गर्द बिहिबार जय नेपाल हल फिल्मको च्यारेटी सो सम्पन्न भएको छ । ‘मिस नेपाल’ आयोजक संस्था हिडन ट्रेजरले नै प्रहरी गुहारेपछि बिहिबार जय नेपाल हल फिल्मको च्यारेटी मा  सो करिब ४ दर्जन प्रहरी जय नेपाल हल पुगेका थिए ।
1956970_669700999760973_1008246778_o
काठमाण्डौका प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा चलचित्र ‘ मिस नेपाल’ हेर्न ति प्रहरी जय नेपाल हल पुगेका थिए ।हिड्रेन टेजरका अध्यक्ष गोपाल कक्षपति सहितको एक टोलीले मंगलबार चलचित्रका निर्माता शुभेच्छा थापासंग चलचित्र प्रदर्शन नगर्न आग्रह गरेको थियो । तर नायिका निर्माता शुभेच्छा थापा आफ्नो चलचित्र सेन्सरबाट मैले सर्टिफिकेट पाइसके फिल्म प्रदर्शनमा किन रोक लगाउने भन्दै आफुले फिल्म नरोक्ने जानकारी गराउनु भएको थियो ।
1922960_669712346426505_69583871_n
तर आज अचानक जोशी सेवा समाज काठमाण्डौंको सहयोगार्थ आयोजना गरेको च्यारेटी सो हिड्रेन ट्रेजरले प्रहरी गुहारे पछि चलचित्र हलमा प्रहरी पुग्दा जय नेपाल हल परिसरमा रमाइलो देखियोको थियो ।मिस नेपालका आयोजक संस्था हिड्रेन ट्रेजरले पटक पटक जय नेपाल हल सो चलचित्रको प्रदर्शन नगर्न दबाब दिदै आए पनि बिहिबार चलचित्र ‘ मिस नेपाल’ च्यारेटी सो हुने देखे पछि प्रहरी प्रशासन गुहारेको थियो । सुरु बाट अन्तिम सम्म चलचित्र हेरेका प्रहरीहरुले चलचित्र एकदमै राम्रो बनेको भन्दै तेस्तो सिनेमा भित्र कुनै नराम्रा दृश्य तथा संवाद नभएको भन्दै बाहिर निस्के पछि निर्मात्री तथा नायिका शुभेच्छा थापा भने दङ्ग हुन पुगेकि छिन् ।
1015708_669702226427517_2109216957_o
नायिका थापाले हिडन ट्रेजरले भने सिनेमा नै नहेरी बिना काम आफ्नो चलचित्रलाई हिडन ट्रेजर दुख दिन खोजेको भन्दै अब भने प्रहरी प्रशासनले समेत फिल्म हेरेर तारिफ गरेको अबस्थामा अब भने उहाहरुको ठाउको दुखाई सकिनु पर्ने भन्नु भएको छ ।सुरेन्द्र तुलाधारले निर्देशन गरेको फिल्ममा शुभेच्छा थापा, कल्याण घिमिरे, सबिन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सेन्सर बोर्डले चलचित्रको अध्ययन गरी पीजी सर्टिफिकेट समेत प्रदान गरिसकेको छ ।
 

Namaste Filmy

Read Previous

चलचित्र 'ऋतु' को पब्लिसिटीको लागि नायिका मलिना जोशी र निर्माता अशोक गौतम चितवनमा

Read Next

महाशिवरात्रीको अबसर पारेर रेखाको ‘हिम्मतवाली’ को सुटिङ सुरु