गिनीज बुकमा नाम लेखाउन सफल सौगात विष्टलाई सूचना तथा सञ्चार मन्त्रीको हातबाट गिनिज बुकबाट प्राप्त प्रमाण हस्तान्तरण

शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच गिनीज बुक अफ द् वल्र्ड रेकर्ड्समा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल सौगात विष्टलाई सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालको हातबाट गिनिज बुकबाट प्राप्त प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।
saugatसौगातले ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्माण गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा ‘विश्वकै कान्छा निर्देशक’को रुपमा नाम लेखाएका हुन् । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको हातबाट ‘गिनिज बुक’को प्रमाणपत्र लिदै सौगातले दर्शकले चलचित्र नहेरेको बताएका हुन् । सौगातले भने-‘आज मलाई दुख लागेको छ भने खुशी पनि छु । दर्शकले यती सानो बालकले पनि के चलचित्र बनाउँला भनेर मलाई पत्याउनु भएन तर,गिनिज बुकले मलाई पत्यायो र म यो उपलब्धी हाशिल गर्न सफल भएँ ।
saugat1यस्तै कार्यक्रममा विश्वकै कान्छा निर्देशक सौगात विष्टले खुसी र दुःखको दुवै कुरा सुनाए । आफ्नो फिल्म ‘लभ यू बाबा’ हेर्न दर्शक हलसम्म नगएकोमा उनले दुःख व्यक्त गरेका थिए । ‘आज खुशीको दिनमा यस्तो दुखको कुरा गर्न त नहुने हो तर पनि मैले यो गर्नैपर्छ’, कार्यक्रममा उनी भन्दै थिए– ‘म आज धेरै खुसी छु । तर हलमा फिल्म चलेन यसमा मलाई अत्यन्तै दुख लागेको छ ।अब फिल्म हेर्नु हुन्छ भन्ने विश्वास लिएको छु ।’ उनले फिल्म ‘लभ यू बाबा’ को पुर्नप्रदर्शन गरिने समेत बताए ।
11005535_1006192502781448_229238181_nचलचित्रमा गजित बिष्ट, संगम बिष्ट , निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्ट भट्ट, निर्मल शर्मा लगायतका अभिनय रहेको छ ।फिल्मले आमाले छाडेकी सन्तानलाई हुर्काउन बाबुले गर्ने संघर्षको कथा देखाउदछ ।चलचित्र ‘लभ यू बाबा’ लाई निर्देशक सौगात विष्टको आमा सम्झना पोखरेलले निर्माण गरेकी हुन ।यस अघि भारतका ९ बर्षका बालकले बनाएको गिनीज बुक अफ द् वल्र्ड रेकर्ड्सलाई उछिन्दै सौगातले ७ बर्ष ३४० दिनमा चलचित्र निर्देशन गरेर विश्व रेकर्ड बनाएका हुन् ।
sugat2

Namaste Filmy

Read Previous

कसले गर्यो पुजना लाई हद भन्दा माया ( हेर्नुहोस भिडियो )

Read Next

शाहरुखसँग सुटिङ गर्न मानेनन् टिभी अभिनेत्रीले ।