हट हिरोइन सुष्मा कार्कीले बिहे गरिन ?

[dropcap]फि[/dropcap]ल्म उद्योगकै सर्वाधिक हट र सेक्सी हिरोइनको रुपमा परिचित सुष्मा कार्कीको बिहेको तस्वीरहरु सार्वजनिक भएका छन । तस्वीरमा उनी दुलहीको भेषमा स्वयम्बरको लागी तयार देखिएकी छिन ।Chalechha-batas-sustari-susma karki तर नझुक्किनुस, सुष्माको यो वास्तविक विवाहको तस्वीर भने होइनन । उनी हाल छयांकनरत फिल्म ‘चलेछ बतास सुस्तरी’को एक दृश्यका लागी दुलहि बनेकी हुन । यो दृश्य शुक्रबार अनामनगरस्थित एक घरमा खिचियो । जहाँ सुष्माले परिवारको करकापमा विवाद गरिएको दृश्य थियो ।
फिल्मलायई अरुण खड्का र प्रदिप भारद्धाजले मिलेर निर्माण गरिरहेका छन । फिल्मको निर्देशन पनि सब्बु सुवेदि र अनिला खड्काले संयुक्त रुपमा गर्दैछन । फिल्ममा सुष्मासँगै प्रमोद भारद्धाज, अकाश पल, निशा नेपाल, हेमन्त बुढाथोकि लगायतको अभिनय छ ।
हाल राजधानी आसपासमा खिचिरहेको फिल्म केहि दिनमा पोखरा छयांकनमा जाने तयारीमा छ ।

Namaste Filmy

Read Previous

रहेनन हिरो आयुष रिजालका पिता ।

Read Next

“अझै पनि” देश दौडाहामा ,शनिबार हेटौंडामा पत्रकार भेटघाट