हिन्दी फिल्म 'MSG' सय करोड क्लबमा ।

MSG-hindi-Film-full-detailsयसबर्ष अर्थात २०१५ मा सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म बनेको छ ‘MSG’ । फिल्मले एकसय करोड भन्दा बढीको कमाई गरेको दाबी फिल्म युनिटले गरेका छन ।
फिल्म निर्माण कम्पनीले फिल्मले १०० करोडको ब्यापार गरेको भन्दै ट्वीट गरेका हुन । उनीहरुले फिल्मको सक्सेस पार्टीसमेत मनाएका छन । फिल्मका अभिनेता तथा बाबा गुरमीत राम रहिम सिंहले पनि फिल्मको सफलतामा खुशी ब्यक्त गरेका छन ।
१३ फेब्रअरीबाट रिलिज फिल्मले रिलिजको ६ दिनमा ८९ करोड कमाएको थियो । त्यसयता फिल्मको कमाई १०० करोड पार भैसकेको बताइएको हो । तर यसलाई बलिउड बक्सअफिसले पुष्टि गरिसकेको छैन ।
यस बर्ष MSG बाहेक सर्वाधिक कमाउने फिल्म अक्षयकुमारको बेबी हो । फिल्मले ९३ करोड कमाएको थियो ।

Namaste Filmy

Read Previous

“अझै पनि” देश दौडाहामा ,शनिबार हेटौंडामा पत्रकार भेटघाट

Read Next

'रोल्पा रोग' पोस्ट प्रोडक्सनमा ।