'रोल्पा रोग' पोस्ट प्रोडक्सनमा ।

Rolpa rogफिल्म ‘रोल्पा रोग’को पोस्ट प्रोडक्सनको काम सुरु गरिएको छ । यसै साता फिल्मको सम्पुर्ण छयांकन सकाएर नटराज फिल्मस् अनामनगरमा पोस्ट प्रोडक्सनको काम थालिएको हो । फिल्मलाई रोल्पा तथा दाङका विभिन्न स्थानमा खिचिएको हो ।
बिकट मानिने जिल्ला रोल्पाकै कथा उठाइएको फिल्मलाई दिपक वलीले निर्देशन गरेका छन । फिल्ममा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुसिल पोखरेल, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिरा रसाइली लगायतले अभिनय गरेका छन ।
फिल्ममा अशोक बिक को नृत्य निर्देशन रहेको छ भने गोविन्द मधुर आचार्य र शिशिर भण्डारीको सँगीत रहेको छ । त्यस्तै फिल्मको गीतहरुमा सँगीतकारद्धय गोविन्द र शिशिरसँग रिता केसीको स्वर रहेको छ ।
फिल्म आउँदो जेष्ठबाट प्रदर्शनमा आउनेछ । नेपालमा भन्दा पहिले मलेसियामा फिल्म देखाइने योजना रहेको निर्देशक दिपक वलीले बताए ।

Namaste Filmy

Read Previous

हिन्दी फिल्म 'MSG' सय करोड क्लबमा ।

Read Next

निर्देशक पण्डितले भने: फिल्ममा समस्या हुनुपर्छ ।