‘वैकल्पिक अस्कर अवार्ड’मा सौगात विष्ट

चर्चित फिल्म अवार्ड ‘अस्कर अवार्ड’ आयोजना हुने दिन आउदै गर्दा ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ले भने ‘वैकल्पिक अस्कर अवार्ड’ भन्दै चलचित्रका विभिन्न विधालाई समावेश गरेको छ ।‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ले ‘विश्वकै कान्छा निर्देशक’को उपाधी पाउन सफल नेपालका सौगात विष्ट ‘वैकल्पिक अस्कर अवार्ड’ मा नेपालका तर्फबाट कान्छा निर्देशकको रुपमा परेका छन् ।
saugat oskar७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर गिनीज बुक अफ द् वल्र्ड रेकर्ड्समा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल सौगात विष्टलाई गिनिजले बालक अभिनेता रहेको ‘ब्वाइहुड’ चलचित्रले अस्कर अवार्ड जित्नु जस्तै सौगातले ‘गिनिज बुक’मा नाम लेखाउनु हो भनेका छन् ।
11005535_1006192502781448_229238181_n‘वैकल्पिक अस्कर अवार्ड’ मा संसारकै होचा स्टन्टम्यानको रेकर्ड १ मिटर २६ सेमी अग्ला बेलायतका स्टन्टम्यान किरण शाहले जितेका छन् ।तेस्तै गिनिजले आफ्नो वेभसाइटमा एउटै शब्द ५ सय ६ पटक बोलेकोमा ‘द उल्फ अफ द वाल स्टि्रट’लाई मस्ट सोएरिङ विधाको किर्तिमानमा राखेको छ । सबैभन्दा लामो शीर्षक रहेको हलिउड चलचित्र ‘द लर्ड अफ दी रिङ्स, द रिटर्न दि किङ’ले लामो शिर्षकको किर्तिमान राखेको छ ।

Namaste Filmy

Read Previous

निर्देशक पण्डितले भने: फिल्ममा समस्या हुनुपर्छ ।

Read Next

'मिस लिम्बु'को अडिसन फाल्गुन दोस्रो साता ।