'मिस लिम्बु'को अडिसन फाल्गुन दोस्रो साता ।

MissLimbu2012‘बराह ज्वेलरी मिस लिम्बु’को तेस्रो संस्करणको अडिसन यहि फाल्गुन दोस्रो सातादेखि सुरु हुने भएको छ । अडिसनको लागी फर्म खुल्ला भइसकेको र धरानबाट अडिसन सुरु गरिने आयोजकले जनाएको छ ।
अडिसनबाट छानिएका विभिन्न २५ जना प्रतिस्पर्धिहरुले राजधानीमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्न पाउनेछन । ग्रान्ड फिनाले चैत्रको दोस्रो साता हुने आयोजकले बताए ।
प्रतियोगिताको विजेताले नगद ५० हजारसँगै ताज प्राप्त गर्नेछिन । त्यस्तै फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले २० हजार प्राप्त गर्नेछन ।
प्रतियोगितामा १६ बर्षदेखि २५ बर्ष उमेरसमुहका विभिन्न लिम्बु युवतिहरुले सहभागिता जनाउन पाउनेछन । याक्थुम युथ एशोसियसनको आयोजनामा हुने प्रतियोगितालाई बराह ज्वेलरीले प्रायोजन गरेको छ ।
प्रतियोगितामा मिस युमा कल्चर, मिस ट्यालेन्ट, बेष्ट फिगर, मिस फोटोजेनिक, बेष्ट स्माइल, मिस पङ्चुवालिटी, मिस फ्रेड्ली, वेष्ट हेयर, वेष्ट स्किन, वेष्ट मोदर टङका टाइटलसमेत प्रदान गरिनेछ । मिस युमा कल्चर विजेताले नगद १७ हजार रुपैया पाउने छ। पहिलो मिस लिम्बूको उपाधि निलिमा मादेनले जितेकी थिइन् भने दोस्रो इटहरीकी मेरिना पोमू लिम्बूले जितेकी थिइन्।

तस्वीर: फाइल फोटो ।

Namaste Filmy

Read Previous

‘वैकल्पिक अस्कर अवार्ड’मा सौगात विष्ट

Read Next

ओस्कारमा 'बर्डम्यान' सर्वोत्कृष्ट । विजेताको सुचिसहित ।