सविन र शिल्पाको मनको घन्टी कसरी बज्यो हेर्नुहोश ( भिडियो सहित )

चैत्र २७ गते देखि प्रर्दशनमा आउन लागेको चलचित्र “हवल्दार सुन्तली”को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक “घन्टी बज्यो ! घन्टी बज्यो ! मनको” बोलको गीतलाई अहिलेका व्यस्त संगीतकार टंक बुढाथोकिले सँगीत दिएका छन् भने स्वर पनि टंक बुढाथोकि र मिलन आमात्यको रहेको छ ।दिनेश सुबेदीको शब्द रहेको सो गीतलाई कविराज गहतराजको नृत्य निर्देशन गरेका छन् । सविन श्रेष्ठ र शिल्पा पोखरेललाई फिचरिंग गरिएको यस गीतलाई बजारमा राम्रो चर्चा पाउनुको साथै दर्शक तथा स्रोतले मन पराउनेमा गयक तथा संगीतकार टंक बुढाथोकि दुक्का देखिनछन् ।
Hawaldar suntali-nepali movieयस अघि यो फिल्मको सार्वजनिक ट्रेलर र ‘तिम्रा डोला डोला हातमा मेहेन्दी भरिछेऊ” बोलको गीतले बजारमा राम्रो चर्चा पाउन सफल भएको छ । आफ्नै सहकर्मीबाट बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यो फिल्ममा शिल्पा पोखरेल,किशोर खतिवडा , सविन श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् छन् । हवल्दार सुन्तलीलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन ।फिल्मलाई छविराज ओझाले निर्माण गरेका हुन ।

Namaste Filmy

Read Previous

ओस्कारमा 'बर्डम्यान' सर्वोत्कृष्ट । विजेताको सुचिसहित ।

Read Next

यसकारण बन्द भयो 'जिरे खुर्सानी' र 'भद्रगोल' ।