यसकारण बन्द भयो 'जिरे खुर्सानी' र 'भद्रगोल' ।

Jire-Khursaniनेपाल टेलिभिजबाट प्रसारण हुदै आएको लोकप्रिय हाँस्य सिरियल ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’को प्रसारण रोकिएको छ । यसरी हरेक साता हेर्न पाइने रमाइलो कार्यक्रम रोकिएपछि अब कहिल्यै हेर्न नपाइने हो कि भन्ने त्रास आम नेपाली दर्शकमा छ ।
तर यी दुवै सिरियल सधैका लागी बन्द भएका होइनन । केहि आन्तरिक कारणले समस्या समाधान नभएसम्मका लागी सिरियलको प्रसारण बन्द गरिएको हो । बताइएअनुसार वल्र्ल्ड भिजन एडभर्टाइजिङका कारण यस्तो समस्या उत्पन्न भएको हो ।
वर्ल्ड भिजनले नेपाल टेलिभिजनलाई तीनुपर्ने उधारो रकम बापतको धितो नक्कली देखिएपछि टेलिभिजनले वर्ल्ड भिजनसँगको सबै कारोबार बन्द गरेको हो । यसको मारमा जिरे खुर्सानी र भद्रगोलसँगै अन्य थुप्रै विज्ञापनहरुसमेत परेका छन ।
अब टेलिभिजनले नयाँ टेण्डर खोल्ने तयारी गरेको छ । नयाँ टेण्डर पर्ने बितिकै सिरियलहरु नियमित प्रसारण गरिने बताइएको छ ।
यता भद्रगोल निर्देशक शंकर आचार्यले आफुहरुले नियमित छयांकन जारी राखेको बताए । उनका अनुसार अब करिब ४ हप्ता सिरियल नआउन सक्छ ।

Namaste Filmy

Read Previous

सविन र शिल्पाको मनको घन्टी कसरी बज्यो हेर्नुहोश ( भिडियो सहित )

Read Next

चूस्न भनेपछि हुरुक्कै सन्नी लियोन ।