किन रोए सबैजना ? नोभेम्बर रेनको नयां ट्रिजर हेर्नुहोस ।

फाल्गुन १५ ।
अगामी चैत्र १४ गते लाई रिलिज मिति तोकेर पब्लिसिटीमा ब्यस्त फिल्म नोभेम्बर रेनको नया ट्रिजर सार्वजनिक गरिएको छ ।  शिवरात्रीको दिन पारेर सार्वजनिक गरिएको ३१ सेकेन्डको नयां ट्रिजरमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङलाई देख्न सकिन्छ । ट्रिजरमा आर्यनको मात्र छोटो डाइलग समेटिएको छ ।Picture1केहि साता पहिले सार्वजनिक गरिएको फिल्मको पहिलो ट्रिजर लगायत गीतले पनि राम्रो प्रतिक्रिया पाएपछि फिल्मको ब्यापार पनि राम्रो हुनेमा निर्माण युनिट आशावादी छन । सुवास इन्टरटेन्टमेन्टसंग सहकार्य गर्दै लभरब्वाई आर्यन यस फिल्मबाट निर्माता समेत बनेका छन । आर्यन र सुवास गिरी मिलेर निर्माण गरेको फिल्मलाई दिनेश राउत ले निर्देशन गरेका हुन । यसअघि ५ बर्षपहिले मेरो एउटा साथी छ फिल्ममा जोडि बनेका आर्यन र नम्रता पनि यो फिल्ममा दोहोरिएका छन । त्यस्तै छुल्ठिम गुरुङले पनि यसै फिल्मबाट ठुलो फिल्ममा डेब्यु गरेकी छिन । लभस्टोरी फिल्म नोभेम्बर रेनलाई एउटा प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।

Namaste Filmy

Read Previous

महाशिवरात्रीको अबसर पारेर रेखाको ‘हिम्मतवाली’ को सुटिङ सुरु

Read Next

फ्राइडे रिलिज : 'प्रेमिका' 'जिगोलो' अनि 'शादी के साइड इफेक्ट'।