नौ चलचित्रकर्मी तथा पत्रकार सम्मानित ।

Filmybazar-sammanफिल्म उद्योगमा योगदान पुर्याएका विभिन्न नौ जना फिल्मकर्मी तथा पत्रकार सम्मानित भएका छन । अनलाइन पत्रिका फिल्मीबजार डटकमले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरी फिल्मकर्मी तथा पत्रकारलाई सम्मान गरेको हो ।
सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइम अचिभमेन्ट’ बाट सम्मान गरिएको थियो ।
त्यस्तै ‘अग्रज कलाकार सम्मान’बाट नेपालकै पहिलो नायिका भुवन चन्दलाई सम्मान गरियो भने ‘प्रोत्साहन सम्मान’बाट सौगात बिष्ट, ‘बितरक सम्मान’बाट नरेन्द्र महर्जन, ‘छयाकार सम्मान’बाट मन्जुकुमार श्रेष्ठ सम्मानित भए ।
कार्यक्रममा रंगपत्रकारितामा सक्रिय तीन पत्रकारलाई पनि सम्मान दिइएको थियो । टेलिभिजनतर्फ प्रकाश सुवेदी, पत्रिकातर्फ बिदुर गिरी र अनलाई तर्फ सुमन गैरेलाई सम्मान गरिएको हो । नवप्रतिभाको रुपमा नायिका शिल्पा पोखरेलाई सम्मान गरिने तयारी भएपनि शिल्पा भने कार्यक्रममा उपस्थिति थिएनन ।

Namaste Filmy

Read Previous

चूस्न भनेपछि हुरुक्कै सन्नी लियोन ।

Read Next

ओस्करको होस्ट मञ्चमा नाङगै उक्लेपछि ।