चलचित्र पत्रकार संघको अक्षयकोष निर्माण सहयोगार्थ चलचित्र "झोला" च्यारीटी हुने

चलचित्र पत्रकार संघ चितवन शाखाको अक्षयकोष निर्माण सहयोगार्थ चलचित्र “झोला” को च्यारीटी सो हुन भएको छ ।चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकार तथा चलचित्रकर्मीले हरेक बर्ष सम्मान गर्ने उदेश्यको साथ चलचित्र पत्रकार संघ चितवन शाखाले अक्षयकोष निर्माण सहयोगार्थ सो च्यारीटी सो गर्न लागेको हो ।
11016076_852647514773903_6849481283144815953_nआउँदो फागुन २४ गते नारी दिवसको अवसर पारेर चितवनको इन्द्रदेव र गणेश चलचित्र मन्दिर नारायणगढमा एक्कै साथ “झोला” को च्यारीटी गर्न लागिएको हो ।बिशेष गरि स्कुल पदने बिद्यार्थीललाई लक्ष्य गरेर गर्न लागिएको सो च्यारीटी सो बाट उठेको रकमले अक्षयकोष निर्माण गरिने छ ।सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र ‘झोला’मा करिब १०० बर्ष अघि नेपाली समाजमा व्यप्त सती प्रथालाई फिल्मले पर्दामा उतारेको छ । कृष्ण धारावासीको कथा ‘झोला’मा आधारित फिल्ममा गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी, सुजल नेपाललगायतको अभिनय रहेको छ ।फिल्म झोलालाई यादव भट्टराईले निर्देशन गरेका हुन । चलचित्र यस अघि ओस्कार अवार्डका लागी समेत छनौट भएको थियो ।
jhola-670x404

Namaste Filmy

Read Previous

इशा देवलको 'अझै पनि' हेर्ने चाहना ।

Read Next

नायिकाले गर्दा पूर्वप्रधानमन्त्रीको घरमा डिभोर्स