लायन्स क्लब आफ नारायणगढले आयोजना गरेको फिल्म मेकिङ्ग वोर्कशप सम्पन्न

लायन्स क्लब आफ नारायणगढले आयोजना गरेको चलचित्र सम्बन्धी तालिमको मंगलबार एक औपचारिक समारोहकाबीच समापन गरिएको छ । चलचित्र पत्रकार एवम् चलचित्रकर्मीहरुलाई फिल्म बनाउने बारे ज्ञान दिने उद्देश्यले यही फागुन १० गतेबाट ३ दिनका लागी तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक पुष्प श्रेष्ठले बताउनुभएको छ ।
workshop1चितवनका संचारमाध्यमहरुमा प्रशस्त मात्रामा चलचित्र सम्बन्धी कार्यक्रम संचालन भईरहेका बेला चलचित्र पत्रकार एवम् चलचित्रकर्मीहरुलाई फिल्मको स्क्रिप्ट लेखन शैली लगायतका बारेमा जानकारी दिएपछि आफ्ना कार्यक्रमहरु संचालन गर्न अझ बढी सजिलो हुने श्रेष्ठले बताउनुभयो । तालिममा ३१ जना पत्रकार एवम् चलचित्रकर्मीहरुको सहभागीता रहेको थियो । तालिममा चलचित्र निर्देशक एवम् कार्यक्रमका श्रोत व्यक्ति मनोज पण्डितले प्रशिक्षण दिनुभएको थियो ।
workshopसमापन समारोहमा लायन्स क्लब डिस्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाईस गभर्नर धनश्याम भट्टराई रहनुभएको थियो । सो कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ बी २ नेपालका पूर्व गभर्नर प्रभात कुमार जोशी, बरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ, चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारी लगायतको समेत उपस्थिती रहेको थियो । औपचारिक समापन समारोह कार्यक्रम लायन्स क्लब आफ नारायणगढका अध्यक्ष कृष्ण पियाको अध्यक्षतामा भएको हो ।
Manjo pandit-in1

Namaste Filmy

Read Previous

"अझै पनि"को भब्य प्रिमियर ,चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया

Read Next

‘षडङ्ग’ को ट्रेलर, गीत र पोष्टर सार्वजनिक (भिडियो सहित )