क्यान्सर पिडितका लागी 'भीमदत्त' च्यारिटी ।

bhimdatta [dropcap]रि[/dropcap]लिजको तयारीमा रहेको फिल्म ‘भीमदत्त’को च्यारिटी शो गरिएको छ । राजधानीको जय नेपाल हलमा सम्पन्न उक्त च्यारिटी शो तामाङ सञ्चार समुह काठमण्डौले आयोजना गरेको हो । च्यारिटी शोबाट संकलित सबै रकम क्यान्सर पिडित माइली तामाङको उपचारमा खर्च गरिनेछ ।
नुवाकोट जिल्ला चतुराले गाविस वडा नं. ६ निवासी माइली तामाङ भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छिन । उनी रेक्टम क्यान्सर पिडित हुन । आर्थिक अवस्था कमजोर उनको उपचारको लागी केही सहयोग पुगोस् भन्ने उद्देश्यले च्यारिटी शो गरिएको आयोजकले बताए ।
च्यारिटी शोमा माननिय सभासद जगदिश्वर नरसिह केसी, ललित कलाका प्राज्ञ निमाघ्याम्छो लामा, पूर्व खेलकुद मन्त्री हित बहादुर तामाङ, ह्योञ्जन इलेक्ट्रिक एण्ड फेब्रिकेटर प्रा.लि. बालाजुका प्रबन्ध निर्देशक तथा इन्जिनियर एल.आर तामाङ, फिल्मका नायक तथा निर्माता नवल खड्का निर्देशक हिमग्याप लामा ‘टासी’, कलाकार श्रीराम पुडासैनी, कथाकार मणि थापा लगायतको उपस्थिती रहेको थियो  ।
फिल्म भीमदत्त यहि फाल्गुन २२ गतेबाट देशभर प्रदर्शन हुदैछ । फिल्मलाई हिमग्याप टासी ले निर्देशन गरेका हुन भने नवल खडकाले निर्माण गरेका हुन । फिल्ममा निशा अधिकारी सुमिना घिमिरे, सञ्जय खतिवडा लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

'नाइ नभन्नु ल ३' को नयाँ गीत रिलिज । भिडियो ।

Read Next

हिरोइनको सेक्स भिडियो बनाएपछि हिरो गिरफ्तार ।