डिसिएनले बिदेशी क्वालिटीमै नेपाली फिल्म देखाउने ।

फिल्म वितरण कम्पनी डिजिटल सिनेमा नेपाल डिसिएनले टुके ईन्कोडिङ सिस्टम सुरु गरेको छ । गत फाल्गुन १ गते रिलिज भएको फिल्म सुन्तली माथि गरिएको अन्तिम परीक्षण पछि टुके ईन्कोडिङ सिस्टम सुरु गरिएको हो । dcn3बिहिबार राजधानीमा एक प्रेस मीटका बीच यसबारेमा जानकारी दिइयो । बताइएअनुसार अब बिदेशी क्वालिटीमै नेपाली फिल्महरु हेर्न पाइनेछ ।
प्रेस मीटमा डिसिएनका कार्यकारी अध्यक्ष अशोक शर्माले टुके क्यामेरा वा फोर के क्यामेराबाट खिचिएका कुनै पनि फिल्मलाई टुके क्वालिटीमै रहेर  पर्दामा देखाउँन सकिने क्षमता  सहित आफूहरुले यो सिस्टम  लन्च गरेको बताए । यस्तै उनले ओपन फाईलमा विदेश पठाईदा हुने गरेको पाईरेसी सहित अन्य जोखिमलाई पनि  नियन्त्रण गर्न यो नयाँ सिस्टमले सघाऊ पुर्याउने दाबी गरे ।
उनले अहिलेको अवस्थामा हाई रेजुलेशनमा निर्माण भई रहेका  फिल्म त्यस पछिको  वितरण र प्रर्दशनको तालमेललाई मिलाउँन पनि यो सिस्टमको आवश्यक्त अपरिहार्य रहेको तर्क गर्दे कम्पनीलाई अपग्रेड गरिएको बताएका छन् ।
अब टुके प्रोजेक्सन ब्यवस्था भईसकेका  नेपालका २०  पर्दामा  विदेशी फिल्म सरहको क्वालिटीमा नेपाली  फिल्म हेर्न सकिनेछ ।  नेपालमा क्यूएफएक्स च्यानलका ६ वटा पर्दा सहित, बीग मुभिजको ३,  एफ.क्यूबको ३, गोपीकृष्णको १, सिने द सेफको २ हेटौंडा नारायणीे मलको २  र ईटहरी सिनेमाको  १ पर्दा गरी २० पर्दामा  टुके पद्धत्तीको प्रोजेक्सन सिस्टम जडान छ ।

Namaste Filmy

Read Previous

हिरोइनको सेक्स भिडियो बनाएपछि हिरो गिरफ्तार ।

Read Next

फ्राइडे रिलिज :"अझै पनि" र ‘मिसन पैसा २ रिलोडेड’