"साइकल"को गीतमा राजेश पायल राई "यो हो काठमांडू" भन्दै बसन्तपुरमा ( भिडियो हेर्नुहोस )

विश्व साइकल यात्री पुस्कर शाहको जीबनमा आधारित चलचित्र “साइकल”को गीत सार्वजनिक गरिएको छ । राजेश पायल राईको स्वर तथा फिचरिंग रहेको चलचित्र “साइकल”को सार्वजनिक गीतमा संगीत भने राजेन्द्र श्रेष्ठको तथा शब्द प्रकाश् बज्रचार्यको रहेको छ । “यो हो काठमांडू” बोलको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
circel
चलचित्र यहि चैत्र २० गते बाट प्रदर्शनमा आउने भएको छ ।चलचित्रमा बिकि मल्ल ,हर्षीका श्रेष्ठ,दिनेश डी.सी .लगायतको मुख्य अभिनय रहेको छ ।चलचित्रमा विश्व साइकल यात्री पुस्कर शाहको समेत अभिनय रहेको छ ।शिव घिमिरेको निर्देशन रहेको ‘साइकल’लाई राजेन्द्र श्रेष्ठ रत्न बाहादुर श्रेष्ठ , श्रीमाया श्रेष्ठ र श्रीष्टी थापाले मिलेर निर्माण गरेका हुन् ।टप इन्टरटेम्मेन्टको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नविन निरौलाको सम्पादन ,प्रदीप खड्काको एक्शन ,निरज कंडेलको छायांकन रहेको छ ।

Namaste Filmy

Read Previous

ज्याकलिनको १० लाख बढि फलोअर।

Read Next

चल्तीका निर्देशक बर्मा गिरफ्तार ।