ऋतिकको फिल्मलाई रिलिजअगावै १२५ करोड ।

hrithik-roshanबलिउड सुपरहिरो ऋतिक रोशनको भ्यालु बलिउड बजारमा कति छ भन्ने प्रस्ट भएको छ । हालै उनको निर्माणको क्रममा रहेको फिल्म ‘मोहनजोडदो’को लागी १२५ करोड रुपैयाँ रकम पाइएपछि उनको चर्चा ह्वात्तै बढेको हो ।
फिल्मको निर्माण सम्पन्न नहुदै युटिभी ले बितरण अधिकार लिएको हो । जसबापत फिल्म युनिटलाई १२५ करोड रकम दिइयो । युटिभीले ऋतिकको स्टारडमकै कारणले यति धेरै रकम दिइएको प्रस्ट्याएको छ ।
ऐतिहासिक पृष्ठभुमिमा अधारित फिल्मलाई आशुतोष गोवरिकर ले निर्देशन गरिरहेका छन । फिल्ममा ऋतिकसँगै पुजा हेगडेको पनि मुख्य भुमिका रहनेछ । फिल्म अर्को बर्ष रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

चल्तीका निर्देशक बर्मा गिरफ्तार ।

Read Next

झरीले छेकेन 'लुटेरा'लाई ।