झरीले छेकेन 'लुटेरा'लाई ।

lutera-muhurtसोमबार बिहानैबाट राजधानीमा झरी परिरहेको थियो । यहि झरीकै बीच फिल्म ‘लुटेरा’को शुभमुहुर्त गरिएको छ । गौशलास्थित पशुपतिनाथ मन्दिरमा सोमबार बिहान फिल्मको मुहुर्त गरिएको हो ।

luteraपानी परिरहेकै बेला सिनेकर्मीहरु छाता ओडेर मुहुर्त समारोहमा सहभागी भए । समारोहमा एमाले सभासद रामवीर मानन्धरले क्ल्याप ठोके भने कलाकारहरु निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ र अमित श्रेष्ठले संयुक्त रुपमा मुहुर्त सट दिए ।

lutera1फिल्मको सोमबारबाटै नियमित छयांकन सुरु गरिनेछ । वितरक गोपाल कायस्थले निर्माण गर्न लागेको फिल्मलाई दयाराम दहालले निर्देशन गर्दैछन । फिल्ममा निखिल, निशा, सबिन, हर्षिका र अमितसँगै प्रियंका कार्कीको पनि अभिनय रहनेछ ।
फिल्मलाई शिव ढकालले खिच्नेछन भने मौनता श्रेष्ठको लेखन र बसन्त सापकोटाको सँगीत रहनेछ । फिल्म काठमण्डौसँगै बिरगञ्जमा पनि खिचिनेछ ।

Namaste Filmy

Read Previous

ऋतिकको फिल्मलाई रिलिजअगावै १२५ करोड ।

Read Next

मिस लिम्बुको पुर्वाञ्चल अडिसनबाट १० छानिए ।