'लाटी"जेठ १मा आउने ,अफिसियल पोस्टर सार्वजनिक

“सुनकोशीमा मुखै धुने” बोलको गीत बाट नै चर्चा पाउन सफल नेपाली मौलिक कथा उठान गरेको चलचित्र ‘लाटी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माता शिशिरजय खरेलको जन्मदिनको छेकोमा चलचित्र युनिटले अफिसियल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तर गर्यो ।
laatiयो चलचित्र आउँदो २०७२ सालको जेठ १ मा रिलिज हुने भएको छ ।”लाटी”को सार्वजनिक पोस्टरले चलचित्र महिलाप्रधान रहेको भान हुन्छ । पोस्टरमा लिड अभिनयमा रहेका कलाकारहरुको अनुहार देख्न सकिन्छ । फिल्म ‘लाटी’लाई राजबहादुर सानेले निर्देशन गरेका हुन ।
laati2फिल्ममा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल नेपाल ,सुवास गजुरेल, नेत्र बिस्ट लगायतको अभिनय देख्न सकिन्छ ।सृजना फिल्मस् को व्यानरमा तयार यो चलचित्रमा पछिल्लो समयको हिट चलचित्र ‘झोला’का बाल कलाकार सुजल नेपालको लिड अभिनय छ । पोष्टप्रोडक्शनको अन्तिम चरणमा रहेको यो चलचित्रले एक सरल स्वभावकी युवतीले झुल्नुपर्ने सामाजिक अवस्थाको चित्रण गरेको निर्माता खरेलले बताए ।
laati3यो चलचित्रमा संगीत बसन्त सापकोटाको छ भने द्वन्द्व प्रदिप खड्काको छ । चलचित्रलाई पदमराज श्रेष्ठले खिचेका हुन् ।चलचित्र ‘लाटी’मा खरेलसँगै प्रशन्न रिमाल, त्रिलोचन सैजु र निशा अधिकारीको लगानी रहेको छ ।चलचित्रका गीतमा प्रबिसा अधिकारी ,प्रेम परियार ,शिशिर योगी र प्रबेश योगीका स्वर रहेको छ ।

Namaste Filmy

Read Previous

पोर्नस्टार बन्ने तयारीमा यी दुई हिरो ।

Read Next

हर्षिका सबैको मिठो हबी । भिडियो ।