'ठमेल डटकम' शुभसाइतसँगै होलीको रौनक ।

[dropcap]गो[/dropcap]पिकृष्ण मुभिजको नयाँ फिल्म ‘ठमेल डटकम’को शुभसाइत गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले क्ल्याप ठोक्दै फिल्मको शुभसाइत गरिएको हो । Thamel.com-clapत्यस्तै फिल्मका दुई कलाकार प्रमोद अग्रहरी र नितु पोखरेलले मुहुर्त सट दिए । कार्यक्रम होलीको पुर्वसन्ध्यामा आयोजना गरिएकाले पुर्ण रुपमा होलीमय बनेको थियो । मन्त्री रिजालले पनि होलीको टिका लगाउँदै ठमेल डटकमको सफलताको कामना गरे ।
राजधानीको ब्यस्त पर्यटकिय बजार ठमेलमा हुने विभिन्न गतिविधि फिल्ममा समेटिनेछ । उद्धव पौडेलको निर्माण रहने फिल्मलाई राजकुमार शर्माले निर्देशन गर्दैछन । फिल्ममा प्रमोद अग्रहरी र नितु पोखरेल बाहेक अन्य कलाकार फाइनल भइसकेका छैनन । अबको केहि दिनमा नै बाँकी कलाकार तथा प्राबिधिक फाइनल गरिने फिल्मका निर्माता निरक पौडेलले बताए । फिल्मको नियमित छयांकन भने आउँदो चैत्र ५ गतेबाट सुरु गरिनेछ । holi-nai-nabhannu-la-3यसैबीच होलीमय बनेको सो कार्यक्रममा होली खेल्न कयौं फिल्मकर्मी तथा पत्रकार पुगेका थिए । फिल्म पुनर्जन्म टोली, होस्टेल रिटर्न्स टोली तथा नाइ नभन्नु ल ३ टोली लगायत थुप्रै फिल्मकर्मी होली मनाउन कार्यक्रमस्थल पुगेका थिए । धुम्बाराही स्थित एक कम्प्लेक्समा आयोजित उक्त कार्यक्रममा सबैले रंग साटासाट गर्दै शुभकामनासमेत बाँडे । कार्यक्रममा सँगीतकार तथा गायक टंक बुढाथोकी, गायक युवराज चौलागाई, गायिका सहिमा श्रेष्ठलगायतले आआफ्नो प्रस्तुति दिएका थिए । tanka-holiThamel.com-holi

Namaste Filmy

Read Previous

पानी परेपछि सनी देओलको करोडौं क्षति ।

Read Next

‘पुनर्जन्म’ लाई यूनिभर्सल सर्टिफिकेट , सबै उमेरका दर्शकहरुले फिल्म हेर्न पाउने