अनाथ बालिकाहरुको सहयोगार्थ गरिएको च्यारिटी शोमा दर्शकहरुको भीड

फागुन १५, चितवन
चितवन खबर राष्ट्रिय अर्धसाप्ताहिकले बिहीबार देवघाट स्थित श्रीरामजानकी बालिका आश्रममा आश्रिम बालिकाहरुको सहयोगार्थ नारायणगढको गणेश चित्र मन्दिरमा नेपाली कथानक चलचित्र राजनीतिको च्यारिटी शो कार्यक्रम सम्पन्न गरेको छ । समाजका विविध पक्षलाई अंगाल्दै त्यसको सही व्यवस्थापनमा सहयोग पुयाउदै आएको पत्रिकाले देवघाट स्थित श्री रामजानकी बालिका आश्रममा रहेका बालिकालाईहरुको सेवा मार्फत अर्को अध्याय सुरु गरेको थियो । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आश्रममा आश्रित बालिकाहरुको शिक्षा स्वास्थ्य तथा उनीहरुको लालनपालनमा सहयोग पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिएको च्यारिटी शो कार्यक्रममा दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
1794756_628919987179960_940774889_n
कार्यक्रममा चलचित्रकी नायिका पवित्रा आचार्यसमेत सहभागी रहनुभएको थियो । नेपाली कथानक चलचित्र राजनीति हेर्नका लागि विभिन्न संघ÷संस्थाहरुका व्यक्तित्व, व्यवसायी, पत्रकार, समाजसेवीलगायतकोसमेत उपस्थिति रहेको थियो ।
चलचित्रको च्यारिटी हेरिसकेपछि दर्शकहरुले नेपाली राजनीतिक कथावस्तुलाई समावेश गर्दै हालको अस्थिर राजनीतिलाई सजग गराएको भन्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन भएको च्यारिटी शोमा दर्शकहरुको उल्लेखनीय भिड रहेको गणेश चित्र मन्दिर नारायणगढका हल म्यानेजर सूर्यचरण कर्माचार्यले बताउनुभएको छ । बिहान परेको पानीका बाबजुत पनि दर्शकको बाक्लो भिड रहेको थियो भने हलसम्म पुगेर च्यारिटी शो हेरेका दर्शकले फिल्म निकै नै राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।
1779851_628924463846179_1597667108_n
नेपाली कथानक चलचित्र राजनीतिको च्यारिटी शो कार्यक्रममा श्रीरामजानकी बालिका आश्रम देवघाटका अध्यक्ष सावित्री टण्डन, लगायतअन्य पदाधिकारी तथा बालिकाहरुसमेत उपस्थिति रहेको थियो । साथै पत्रिकाले बालिकाहरुको स्वास्थ्य सम्बन्धी सम्पूर्ण शिविरहरुको कार्यक्रम समेत गरिसकेको छ । पत्रिकाद्वारा सञ्चालन गरिएका विभिन्न स्वास्थ्य शिविर कार्यक्रमहरु गरिसकेको र बालिकाहरुलाई लत्ताकपडा तथा अन्य सामाग्री वितरण कार्यक्रम बाँकी रहेको पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले बताउनुभयो । यस अघि पत्रिकाले आश्रममा आश्रित बालिकाहरुसहित स्थानीय बृद्धबृद्धाहरुको निःशुल्क दन्त शिविर, निःशुल्क आ“खा शिविर, निःशुल्क स्वास्थ्य शिविर र बालिकाहरुको लागि सहभोज कार्यक्रम गरेको थियो ।
1975130_629042213834404_832933795_n

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : 'प्रेमिका' 'जिगोलो' अनि 'शादी के साइड इफेक्ट'।

Read Next

मर्ने कसैलाई रहर हुदैन । 'नाइ नभन्नु ल २' को गीत रिलिज (भिडियो हेर्नुुहोस) ।