‘पुनर्जन्म’ लाई यूनिभर्सल सर्टिफिकेट , सबै उमेरका दर्शकहरुले फिल्म हेर्न पाउने

यहि २२ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुनर्जन्म’ लाई (यू )यूनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले मंगलबार चलचित्रलाई यू सर्टिफिकेट दिएको हो ।अब चलचित्र हलमा गएर सबै उमेरका दर्शकहरुले हेर्न सक्ने छन् ।
punar jannaचलचित्रलाई सजन श्रेष्ठको निर्देशन गरेका हुन् । एम के इन्टरटेन्टमेन्टको प्रस्तुती रहेकोचलचित्र ‘पुनर्जन्म’लाई मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले मिलेर निर्माण गरेका हुन् ।चलचित्रमा आर्यन सिग्देल , गजित विष्ट, सुस्मिता शाही , केकी अधिकारी,मिथिला शर्मा ,विजय लामा ,लक्ष्मी गिरि ,सुरबीर पण्डित लगायतको अभिनय रहेको छ ।
punarjanmmaचलचित्रमा द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको छ ।चलचित्रमा अष्ट महर्जनको द्धन्द,शिव ढकाल र नवराज थापाको छायांकन, सजन श्रेष्ठको सम्पादन तथा सुदर्शन श्रेष्ठको कथा रहेको छ ।

Namaste Filmy

Read Previous

'ठमेल डटकम' शुभसाइतसँगै होलीको रौनक ।

Read Next

बैशाख १८ मा चौथो "राप्ती म्युजिक अवार्ड"हुने