बैशाख १८ मा चौथो "राप्ती म्युजिक अवार्ड"हुने

rapti

                                                                      राप्ती म्युजिक अवार्डको गत बर्षको फोटो

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि चौथो राप्ती म्युजिक अवार्ड बैशाख १८ गते हुने भएको छ । हरेक बर्ष आयोजना गरीने राप्ती म्युजिक अवार्डमा यसबर्ष राप्तीका श्रष्टाहरुले मात्रै सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ । उत्कृष्ट गायक,गायीका,शब्द,भाका सहीत विभिन्न २६ बिधामा अवार्ड प्रदान गर्न लागीएको छ । अवार्डमा सहभागीताको लागी एल्वम वा गीत २०७० माघ देखी २०७१ माघ भित्र प्रकासीत भएको हुनुपर्ने बताइएको छ । अवार्डको लागी एसएम एस भोटीङ ४० प्रतिशत,५० प्रतिशत निर्णायक को र १० प्रतिशत आयोजको निर्णय हुने छ । आबेदन यही फागुन मसान्तसम्म दिन सकीने ब्यबस्था गरीएको छ ।एक बर्ष राष्टीय स्तरमा र एक बर्ष राप्ती अञ्चल स्तरीय अवार्डमा यसबर्ष राप्तीका श्रष्टाको मात्रै रहभागीता हुने छ । आबेदन आलप रेकर्डीङ स्टुडीयो अनामनगर,मालाश्री स्टुडीयो कमलादी र भ्यु प्वाइन्ट ग्राफीक न्यु प्लाजामा पाइने अध्यक्ष शशी शर्मा मजगैयाले बताए ।

rapti music awrad

Namaste Filmy

Read Previous

‘पुनर्जन्म’ लाई यूनिभर्सल सर्टिफिकेट , सबै उमेरका दर्शकहरुले फिल्म हेर्न पाउने

Read Next

मैले भिमदत्तको लागि कष्ट गरेको होइन समग्र नेपाली चलचित्रको प्रर्वधनका लागि हो ः नायक खड्का