मैले भिमदत्तको लागि कष्ट गरेको होइन समग्र नेपाली चलचित्रको प्रर्वधनका लागि हो ः नायक खड्का

राजेन्द्र कार्की÷काठमाण्डौं
nawalनेपाली इतिहासिक तथा सत्य तथ्य घटनामा आधारित चलचित्र भिमदत्तको प्रचारप्रसारका लागि पूर्व पश्चिम दौडहाबाट चलचित्रका निर्माता तथा नायक राजधानी फर्किएका छन । उनले सुदुर पश्चिमका क्रान्तिकारी किसान नेता भिमदत्तको जीवनीमा आधारित चलचित्र “भिमदत्त”को प्रचारप्रसारको लागि निकै प्रतिवद्धताहरु र प्रयासहरु गरेका छन । नेपाल कलाकार संघका अध्यक्ष समेत रहेका खड्काले ६५ वर्ष उमेर पुगेका बृद्धबृद्धाहरुका लागि निशुल्क चलचित्र देखाउने ब्यवस्था, गाउवेशी तथा शहर हुदै अन्तराष्ट्रिय स्तरमा समेत चलचित्र प्रर्दशनका लागि अनेकन प्रयासहरु गरेका छन । देशका विभिन्न गाउहरुको १०० स्थानमा निशुल्क चलचित्रको प्रर्दशन गरिने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको थियो । यस प्रकारका प्रतिवद्धता र प्रयासहरुको सन्र्दभमा खड्का भन्नु हुन्छ “यो मेरो नितान्त भिमदत्त चलचित्रको प्रचारप्रसारका लागि गरेको कष्ट होइन, मेरो प्रयासले समग्र नेपाली चलचित्रको प्रवर्धनमा सहयोग पुगोस भन्ने हो । चलचित्रको प्रचारप्रसारका लागि मनाङ–मुस्ताङ जस्ता जिल्लाहरुको दौड्हा गर्नु आवश्यक छैन । बिजुली बत्ति नपुगेको स्थानहरुमा चौरमा राखेर समेत चलचित्र देखाउनु यो “चलचित्र भिमदत्त”को ब्यावसायिक प्रचारप्रसारको रुपमा लिनु हुन्न, यो मैले इतिहास निर्माणका लागि कार्य गरेको हु ।”
वास्तवमा उहाले यो भनाइ मनै देखि राखीरहनु भएको हो भने यो उहाँको महानता हो । उहा चलचित्रको प्रर्दशनको क्रममा सुदुर प्िश्चमका गाउगाउ पुग्नु भएको छ, कति पय डाडापाखाहरुमा पैदलै लाग्नु भएको छ । आदरणिय जेष्ठ नागरिकहरुका लागि चलचित्रको निशुल्क ब्यवस्था गर्दै नेपाली चलचित्रको प्रर्वधनमा नया आयामको सुत्रपात गर्नु भएको छ । खास गरी नेपाली चलचित्रको बजार खस्कदै गइरहेको परिस्थतीलाई दृष्टिगत गर्ने हो भने उहाको यो उत्साह जनक कार्यको प्रशंसा मात्रै गर्नु पर्ने होइन की अनुकरणीय पनि छ ।
देशको स्वाधिनता र जोताहा किसानको कहहितका लागि प्राण समेत आहुती दिने शहिद भिमदत्तले देखाउनुभएको क्रान्तिको यात्रा अझै नटुङ्गि सकेको अवस्थामा अझै क्रान्ति जारी छ भन्ने सन्देश दिन खोजिएको चलचित्र भिमदत्तको सफलताको लागि पंक्तिकार समेत शुमकामना ब्यक्त गर्दछ ।
चलचित्रका कलाकारहरुमा नवल खड्का, निशा अधिकारी, सुमिना घिमिरे, रवि गिरी, रमेश बुढाथोकी, श्रीराम पुडासैनी लगायतका रहेका छन । कथा मणी थापाको रहेको छ भने पटकथा तथा संवाद शिवंम अधिकारीको रहेको छ । स्वयं शहिद भिमदत्तद्धारा रचित गीत समेत समावेश गरिएको चलचित्रमा सत्यकला राई, दिपक लिम्बु लगायतकाको सुमधुर स्वरबाट आनन्द समेत लिन सकिन्छ । चलचित्रको निर्देशन हिम ग्याप टासीले गर्नु भएको छ । चलचित्र यहि फागुण २२ गते देखि देश भर प्रर्दशनको भब्य तयारी भइरहेको छ।

Namaste Filmy

Read Previous

बैशाख १८ मा चौथो "राप्ती म्युजिक अवार्ड"हुने

Read Next

"जन्मभूमि"लाई युनिभर्सल सर्टिफिकेट