"जन्मभूमि"लाई युनिभर्सल सर्टिफिकेट

बैशाख ११ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र “जन्मभूमि”ले सेन्सर बोर्ड बाट ‘युनिभर्सल’ प्रमाण पत्र पाएको छ । मंगलवार सेन्सर भइसके पछी फिल्मले अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले कुनै पनि दृश्यमा कैची नलगाउदै सबै उमेर समुहका दर्शकले फिल्म हेर्न मिल्ने गरि प्रमाण पत्र दिएको हो ।
cirtyficateयसै फिल्मबाट निर्देशक मोहन निरौला १९ बर्ष पछी फिल्म निर्देशनमा फर्किएका हुन् । निर्देशक निरौला भन्छन ‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु , हेरौ कतिको सफल हुन्छु ।’ यसमा उनको निर्देशनसंगै लेखन र अभिनय पनि रहेको छ । अम्बिका गिरीको प्रस्तुति र सुरज गिरीको लगानी रहेको चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज तथा स्वयम निर्देशक निरौलाको मुख्य भुमीका छ । त्यस्तै बाल कलाकार सौगात विष्ट एवं नव कलाकार जेवीका कार्की र अग्रीम गीरले पनि फिल्ममा अभिनय गरेका छन ।
janbhoomi_nepali_movieयुवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्ममा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियले गीत लेखेका छन् भने फिल्मका कास्टिङ डिरेक्टर पनि शान्तिप्रिय नै हुन् । फिल्मलाई उपत्यका भित्र सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले प्रदर्शन गर्ने जिम्मा लिएको छ ।

Namaste Filmy

Read Previous

मैले भिमदत्तको लागि कष्ट गरेको होइन समग्र नेपाली चलचित्रको प्रर्वधनका लागि हो ः नायक खड्का

Read Next

८ बर्षिय निर्देशक सौगातको चलचित्र "लभ यू बाबा"ले सहयोगी सबैलाई सम्मान गर्यो