‘सुश्री’लाई चलचित्र लेखक शिवम् अधिकारीले निर्देशन गर्ने

चलचित्र लेखक शिवम् अधिकारीले अब चलचित्र निर्देशन गर्ने भएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको हो । शिवमले निर्देशन गर्ने चलचित्रको नाम भने ‘सुश्री’ राखिएको छ ।
shushri-thumbचलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले क्ल्याप हानेर मुहुर्त सर्टको निर्देशन गरेका थिए । चलचित्रलाई आशिका फिल्मस् प्रालीको ब्यानरमा आशिका तामाङ र आत्मराम थापाले निर्माण गर्न लागेका हुन् । चलचित्रमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधानको मुख्य भूमिकामा अभिनय रहने छ ।
shushree1पूर्णतया कमेडी शैलीमा निर्माण हुन लागेको छायांकन हेटौडा र काठमाण्डौमा गरिने छ ।चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहनेछ ।शुकबार बाट नै छायांकनमा जाने यस चलचित्रको सुटिंग ३५ दिनमा सकिने लक्ष्य रहेको छ ।
shushree

Namaste Filmy

Read Previous

८ बर्षिय निर्देशक सौगातको चलचित्र "लभ यू बाबा"ले सहयोगी सबैलाई सम्मान गर्यो

Read Next

दिपिकाको गिरफ्तारी रोकियो ।