मर्ने कसैलाई रहर हुदैन । 'नाइ नभन्नु ल २' को गीत रिलिज (भिडियो हेर्नुुहोस) ।

फाल्गुन १६ ।
बहुप्रतिक्षित मानिएको चलचित्र नाइ नभन्नु ल २ को नयां गीत रिलिज गरिएको छ । शिवरात्रीका दिन रिलिज गरिएको गीतमा प्रेम परियारको स्वर रहेको छ भने सुरेश गैरे को संगीत रहेको छ ।Picture1यसअघि नै प्रेमकै अवाजमा रहेको यी आंखामा तिमी छौ बोलको गीत अत्याधिक रचाइएपछि फिल्म युनिटले यस गीतले पनि चर्चा बटुल्ने बिश्वास लिएका छन । अगामी चैत्र २८ लाई रीलिज मिती तोकेको फिल्म नाइ नभन्नु ल २ लाई बिकास आचार्यले निर्देशन गरेका हुन । दिनेश पोखरेल र बिकास स्वयम को निर्माण रहेको फिल्ममा जीवन लुइटेल, सरोज खनाल, सुरजसिह ठकुरी, प्रियंका कार्की, सोहित मानन्धर संगै अनुभव रेग्मी र सुज्ञानी भट्टराईको पनि मुख्य भुमिका रहेको छ । फिल्मलाई पुरोषोत्तम प्रधानले खिचेका हुन भने दिर्घ खडकाको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

अनाथ बालिकाहरुको सहयोगार्थ गरिएको च्यारिटी शोमा दर्शकहरुको भीड

Read Next

फेरी आउदैछ बलिउडमा 'भुतनाथ' । (भिडियो हेर्नुहोस)