फ्राइडे रिलिज :"पुनर्जन्म" ‘भीमदत्त’र " झिग्राना" हेर्नुहोस (ट्रेलर सहित )

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “पुनर्जन्म” ‘भीमदत्त’ र ” झिग्राना “रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र”पुनर्जन्म” ‘भीमदत्त’र ” झिग्राना “को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
“पुनर्जन्म”
punarjanmmaफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका प्रमुख सिनेमा घरबाट चलचित्र “पुनर्जन्म” प्रदर्शनमा आएको छ ।चलचित्रलाई सजन श्रेष्ठको निर्देशन गरेका हुन् । एम के इन्टरटेन्टमेन्टको प्रस्तुती रहेको चलचित्र ‘पुनर्जन्म’लाई मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले मिलेर निर्माण गरेका हुन् ।चलचित्रमा आर्यन सिग्देल , गजित विष्ट, सुस्मिता शाही , केकी अधिकारी,मिथिला शर्मा ,विजय लामा ,लक्ष्मी गिरि ,सुरबीर पण्डित लगायतको अभिनय रहेको छ ।चलचित्रमा द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको छ ।चलचित्रमा अष्ट महर्जनको द्धन्द,शिव ढकाल र नवराज थापाको छायांकन,बसन्त सापकोटा र जयन्त शर्माको सँगीत, सजन श्रेष्ठको सम्पादन तथा सुदर्शन श्रेष्ठको कथा रहेको छ ।

‘भीमदत्त’
bhimdattaतेस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका प्रमुख सिनेमा घरबाट चलचित्र ‘भीमदत्त’ प्रदर्शनमा आएको छ ।जिउदो सहिदको रुपमा आम जनमासमा परिचित किसान आन्दोलनका अगुवा भीमदत्त पन्तको जीवनीमाथि निर्माण गरिएको चलचित्र ‘भीमदत्त’लाई हिमग्याप टासी लामाले निर्देशन गरेका हुन् ।नवल खड्का,निशा अधिकारी , सुमिना घिमिरे , रमेश बुढाथोकी, श्रीराम पुडासैनी, कविता शर्मा, एमएस अगराज, सन्जय खतिवडा, लय संग्रौला, उत्तम केसी, रवी गीरी, वीएस राना आदिको अभिनय रहेको चलचित्र ‘भीमदत्त’लाई नवल खड्काले गोल्डेन आइ फिल्म प्रालीको ब्यानरमा निर्माण गरेका हुन् ।शिवंम अधिकारीको पटकथा संवाद रहेको यस चलचित्रको द्धन्द्ध निर्देशन हिमाल केसीले गर्नु भएको छ भने कथा मणी थापाको रहेको छ ।

“झिग्राना”
jhigana-namastefilmyतेस्तै नै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र”झिग्राना “प्रदर्शनमा आएको छ ।गोल्डेन याक इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको झिग्राना पासाङ लामाको लेखन निर्देशनमा बनेको फिल्म हो ।फिल्ममा मेनुका प्रधान, ज्योति कार्की, शान्ति गिरी अरुण रेग्मी लगायत बिदेशी नागरिक हान्ना जी ले पनि अभिनय गरेका छन ।सस्पेन्स थ्रीलर फिल्म ‘झिग्राना’मा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पाश्र्वगायन रहेको छ ।एक गैह्रसरकारी संस्थाका कर्मचारीहरुको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा भोग्ने रहस्यमय घटनाहरुलाई पर्दामा उतारिएको छ ।

Namaste Filmy

Read Previous

कलाकारहरुले कसरि मनाए होली हेर्नुहोश (फोटो फिचर )

Read Next

इमरान हाशमीको चलचित्र 'मिस्टर एक्स'को ट्रेलर सार्वजनिक (ट्रेलर सहित )