ऋषि धमला अब फिल्ममा पनि ।

How-funnyपटकपटक विवादमा मुछिएर चर्चामा आइरहने पत्रकार ऋषि धमला अब फिल्ममा देखिने भएका छन । उनले फिल्म ‘हाउ फन्नी’मा रियल लाइफमा जस्तै एक विवादित क्यारेक्टर निभाएका छन ।
टेलिभिजन र रेडियोमा छाइरहेका धमलाले महत्वपुर्ण भुमिका निभाएको यो नै पहिलो फिल्म हो । धमलाको रियल लाइफजस्तै क्यारेक्टर भएकाले उनलाई लिइएको फिल्मको निर्देशक निलु डोल्मा शेर्पाले बताइन ।
यसैबीच फिल्मको रिलिज मिति पनि सार्वजनिक भएको छ । बताइएअनुसार आउदो जेठ १५ गते फिल्म रिलिज हुनेछ ।
पुर्व मिस नेपाल मल्भिका सुब्बा निर्मित फिल्मलाई निलु डोल्मा शेर्पाले निर्देशन गरेका हुन । फिल्ममा दयाहाङ राई, निशा अधिकारी, केकी अधिकारी, प्रियंका कार्की, अनुप विक्रम शाही लगायतको अभिनय रहेको छ । फिल्मलाई शान बस्न्यातले लेखेका हुन् । संगीत शैलेश सिंह , सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यस चलचित्रलाई हरि हुमागाईले खिचेका हुन् ।

Namaste Filmy

Read Previous

श्रीकृष्ण श्रेष्ठको सपना पुरा गर्दै भतिज सञ्जय ।

Read Next

देशैभर "पुनर्जन्म"को आक्रमक ब्यापार, शनिबार धेरै हलहरु हाउसफुल