फेरी आउदैछ बलिउडमा 'भुतनाथ' । (भिडियो हेर्नुहोस)

फाल्गुन १६ ।

बलिउडमा प्रतिक्षित मानिएको सिक्वेल भुतनाथ रिटर्नसको ट्रेलर रिलिज गरिएको छ । बलिउड महानायक अमिताभ बच्चनको सशक्त अभिनय रहेको फिल्म २००८ मा प्रदर्शन भएको हिट फिल्म भुतनाथको सिक्वेल फिल्म हो ।Bhoothnath-Returnsनितेश तिवारीले निर्देशन गरेको फिल्म मा अमिताभको साथमा शाहरुख खान पनि दोहोरिएका छन भने बोमन इरानीको पनि मुख्य अभिनय रहेको छ । स्मरण रहोस यसअघि भतनाथमा अभिताभ, शाहरुखको साथमा जुहि चावला को पनि मुख्य अभिनय रहेको थियो । ट्रेलर लन्च भएपछि आफु उत्साहित रहेको जनाउदै महानायक अमिताभ बच्चनले निर्माण कम्पनीले आफुलाई पुन यस फिल्ममा अफर गरेकोमा अभारी रहेको जनाए । फिल्म अगामी अप्रिल ११ का दिन वल्र्डवाइड रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

मर्ने कसैलाई रहर हुदैन । 'नाइ नभन्नु ल २' को गीत रिलिज (भिडियो हेर्नुुहोस) ।

Read Next

सच्चिकै सिउदो रंगियो रेजिनाको । विवाहमा दुखी देखिए ।