सच्चिकै सिउदो रंगियो रेजिनाको । विवाहमा दुखी देखिए ।

फाल्गुन १६ ।
फिल्मको पर्दामा धेरै पटक सिउदो सजाएकि नायिका रेजिना उप्रेतीको सच्चिकै सिउदो सजिएको छ । सिन्दुर नहाल्दै दुलहिको तर्फबाट चलचित्रकर्मी, राजनितिकर्मी तथा पत्रकार, आफन्तका बीच भव्य रिसेप्सन पार्टी दिएकी रेजिनाको श्रीमान सुरज पोखरेलले शुक्रबार मात्र  बिधिवत रुपमा सिन्दुर हालेका हुन ।Rejina Uprety (1)रिसेप्सन पार्टी भब्य संग दिएपनि विधिवत विवाहमा  भने कुनै तामझाम देखिएन । थोरै आफन्त र साथीहरुका बिच बल्खुस्थित भुवानीश्वर देवीको मन्दिरमा रेजिनाले श्रीमान सुरजको हातबाट सिउदो भरेकि हुन । रेजिनाको विवाहमा कुनै उत्साह र तामझाम नहुनु को मुख्य कारण ९१ बर्षिय हजुरबुवाको निधन थियो । यसै साता हजुरबुवाको निधन भएपछि रेजिनाका माइती पक्ष विवाहमा सहभागी भएनन । सम्पुर्ण बिहे बिधि रेजिनाको मावली पक्षले गरिदिएका थिए । रिसेप्सन पार्टीमा खुबै रमाएका रेजिना विवाहमा भने दुखी देखिन्थे ।Rejina Uprety (4)उनका आमाबुबा, दाजुभाई, तथा माइती पक्ष विवाहमा सहभागी हुन नपाएकाले रेजिना दुखी भएकि हुन् । रेजिनाका पती सुरजले विगत ६ वर्षदेखि लण्डनमा ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका छन् । रेजीनालाई नेपाल छोडेर पती पोखरेल फागुन १७ गते नै लण्डनतर्फ उड्दैछन् । रेजिना भने केही समयपछि पतीसँगै बस्ने गरी लण्डन उड्नेछिन् । तर उनले पुरै जिन्दगी भने लण्डनमा नबिताउने बताएकी छिन् ।

Namaste Filmy

Read Previous

फेरी आउदैछ बलिउडमा 'भुतनाथ' । (भिडियो हेर्नुहोस)

Read Next

जेलबाट बहिर आएका सञ्जय दत्तप्रति नाना पाटेकरको आक्रोश ।