जेलबाट बहिर आएका सञ्जय दत्तप्रति नाना पाटेकरको आक्रोश ।

फाल्गुन १६ ।
बलिउड अभिनेता सञ्जय दत्त ले पाएको तेस्रो पटकको छुट्टीको सर्वत्र बिरोध भइरहेको बेला अर्का बलिउड अभिनेता नाना पाटेकरले पनि बिरोध जनाएका छन । उनको बिरोध गर्ने शैली पनि निकै कठोर देखिएको छ । उनले अब अगामी कुनै पनि दिनमा सञ्जय दत्तको साथ काम नगर्ने घोषणा गरेका छन ।28_02_2014-28sanjay1मुम्बई बमकाण्डका दोषी अभिनेता सञ्जय संग काम गर्ने आफ्नो चाहना नभएको नानाले बताएका छन । उनका अनुसार विगत २२ बर्ष मा सञ्जयसंग काम नगरेको बताउदै अबका दिनमा पनि यो कुरालाई ख्याल राख्ने जनाएका हुन । नाना पाटेकरले सञ्जय ले यसरी पटक पटक जेलबाट छुट्टी पाउनु पनि गलत भएको बताए । कानुनले एक स्टार वा बलिउड अभिनेता भएकोले यस्तो गरेको तर यस्तो हुन नहुने औल्याए । ञ्जिय एक सेलिब्रेटि भएकोले उसको निवेदन पटकपटक कानुनले सुनेको तर आफु सामन्या मानिस भएकोले आफ्नो अवाज नसुनिने भन्दै आक्रोशसमेत पोखे ।
स्मरण रहोस सञ्जय दत्त मुम्बई बमकाण्डमा दोषी  साबित हुदै तीन बर्षका लागी जेल परेको थियो । यसअघि पनि सञ्जय २ पटक जेलबाट छुट्टीमा निस्किसकेका छन ।

Namaste Filmy

Read Previous

सच्चिकै सिउदो रंगियो रेजिनाको । विवाहमा दुखी देखिए ।

Read Next

दुर्गिश फिल्मसको नयां फिल्मका लागी बिदेशी कलाकार अनुबन्धित ।