'फिल्मीखबर बर्ष ब्यक्ति' बने सौगात र प्रियंका ।

priyanka-and-saugat [dropcap]फि[/dropcap]ल्मीखबर साप्तहिकले आफ्नो प्रकाशनको पाँच बर्ष पुरा गरि छैटौ बर्षमा प्रवेश गरेको छ । यहि अवसरमा पत्रिकाले बिहिबार राजधानीमा एक समारोहको आयोजना गर्दै खुशी साटेको छ ।
उक्त समारोहमा संसारकै सबैभन्दा कान्छा निर्देशक सौगात विष्टलाई बर्ष ब्यक्ति पुरुष र नायिका प्रियंका कार्कीलाई बर्ष ब्यक्ति महिलाको सम्मान दिइयो । ७ बर्ष ३४० दिनको उमेरमा फिल्म निर्देशन गरेर गिनिज बुकमा नाम लेखाएर नेपालको शीर उँचो पारेकोमा सौगात बर्ष ब्यक्ति बनेका हुन । त्यस्तै बर्षभरि विभिन्न स्क्यान्डल, गसिप र सर्वाधिक ब्यस्तताका कारण चर्चामा रहेकाले प्रियंका बर्ष ब्यक्ति बनेकी हुन ।
सम्मानित सौगात र प्रियंकाले पत्रिकालाई शुभकामना दिदै अझै काम गर्ने हौसला मिलेको बताए ।priyanka कार्यक्रममा अन्य विभिन्न फिल्मकर्मी तथा सञ्चारकर्मीको उपस्थिति थियो । फिल्म र फिल्मकर्मीको सत्यतथ्य समाचार प्रकाशन गर्दै आएको पत्रिकाको बार्षिकोत्सवको अवसरमा सबैले सफलताको शुभकामना दिएका थिए । पत्रिका हरेक बिहिबार राजधानीबाट प्रकाशन हुदै आएको छ ।

Namaste Filmy

Read Previous

'घन्टी बज्यो' गीतकारले बालिका बलात्कार गरेपछि ।

Read Next

वर्षा सिंह भन्छिन “काफल पाक्यो”