वर्षा सिंह भन्छिन “काफल पाक्यो”

राजेन्द्र कार्की÷काठमाण्डौं
सावित्री केसीद्धारा निर्देशित चलचित्र “काफल पाक्यो”को डविङ्ग कार्य अन्तिम चरणमा पुगेको छ । “सिने जोन स्टूडियो” बागबजारमा भइरहेको इडिटिङ्ग तथा डविङ्ग कार्य अन्तिम चरणमा पुगेको निर्देशक केसीले बताउनु भएको छ ।जीवन लुइटेल र वर्षा सिंहको मुख्य भूमिका रहेको यस चलचित्र पुर्णरुपमा मनोरन्जनात्मक र प्रेम कथामा आधारित रहेको पनि निर्देशक केसीले बताउनु भएको छ ।
barshaचलचित्र काफल पाक्यो आश्र्चय लाग्दो नाम रहेको जिज्ञासामा उहाँ भन्नु हुन्छ “ प्रणयसँग सम्बन्धित रहेको कारण अलि फरक नाम दिन खोजिएको मात्र हो । अर्थ यसको आत्मिक सम्बन्धलाई नै झल्काउने हो । बाँकी चलचित्र हेरे पछि दर्शक आफै दंग गर्न सकुन भन्ने हाम्रो लक्ष्य रहेको छ ।” खास गरी गाउँको भद्र भलाद्मी केटा र शहरीया बिग्रेल केटी बिचको अनौंठो प्रेम सम्बन्धको सँगसँगै अटुट वैवाहिक जीवनसँग सम्बन्धित कथावस्तु भएकोले पनि हामीले विवाह लगनको महिना वैशाख र आफ्नो दौतरीलाई खोज्दै हिंडने काफल पाक्यो चरीले कुर्लन्दै हिंडने भएकाले पनि हामीले सान्र्दभिकताका लागि पनि चलचित्रको नाम काफल पाक्यो राखिएको निर्देशक केसीले बताउनु भएको छ । अग्लो कद्, आकर्षक शरिर र सेक्सी लुक्स् की नायिका वर्षा सुपर स्टार नायक जीवन लुइटेलको जोडिको रुपमा साह्रै सुहाएको पनि उनले बताउन भ्याउनु भयो । बैशाख महिनाको सेरोफेरामा नै प्रर्दशनमा ल्याउने लक्ष्य रहेको चलचित्र चाडै नै स्टुडियोबाट बाहिर ल्याउने तयारी भइरहेको पनि निर्देशक केसीले बताउनु भएको छ ।

Namaste Filmy

Read Previous

'फिल्मीखबर बर्ष ब्यक्ति' बने सौगात र प्रियंका ।

Read Next

हिरोइनसँग किस गर्न डराए जोन अब्राहम ।