DID को 'गीता माँ' गिरफ्तार ।

Choreographer-Geeta-Kapurचर्चित रियालिटि शो डि आइ डी बाट ‘गीता माँ’ को रुपमा चर्चित कोरियोग्राफर गीता कपुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आफ्नो कारले मोटरसाइकललाई ठक्कर दिएको आरोपमा गिरफ्तार गरिएको हो ।
बताइएअनुसार कारको ठक्करबाट मोटरसाइकलमा सवार ब्यक्ति गम्भीर घाइते भएका छन । घटना बिहिबार बिहान ५ बजे ओशीवरा इलाकामा घटेको हो । गीताको कार अचानक अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइतेको हाल धीरुभाई अम्बानी अस्पातालमा उपचार भइरहेको छ । यता गीतालाई भने नियन्त्रण लिई सोधपुछ भइरहेको छ ।

Namaste Filmy

Read Previous

नायिका नम्रता योगीले तह लगाइन नायक सविनलाई

Read Next

'घण्टी बज्यो' म आँफैले लेखेको हुँ : संगीतकार टंक बुढाथोकी ।