दुर्गिश फिल्मसको नयां फिल्मका लागी बिदेशी कलाकार अनुबन्धित ।

फाल्गुन १७ ।

पछिल्लो समय विदेशी कलाकार नेपाली फिल्ममा काम गर्न लालायित देखिएका छन । अमेरिकन, बंगलादेशी लगायतका कलाकारहरु नेपाली फिल्ममा अनुबन्ध भइरहेको बेला डेनिस कलाकार पनि नेपाली फिल्ममा देखिने भएका छन ।  1959519_732749286759241_1008055216_nदुर्गिस फिल्मसको तेस्रो प्रस्तुति ‘लभ (रङ काटिएको) नम्बर’मा तीन डेनिस कलाकारहरु अनुबन्ध भएका हुन । नेपाली फिल्ममा अनुबन्ध हुँदा डेनिस कलाकार दंग देखिन्थे । सुनिल रावलको होम प्रोडक्सनमा बन्ने फिल्ममा डेनिस नायिका एन्नेमेटे बोए, नायक म्याक्स एंकर र हास्यकलाकार एलेन नियल्सेन अनुबन्ध भएका हुन् । त्यस्तै डेनमार्कवासी नेपाली सन्तकुमार थापा मगरलाई कोरियोग्राफीका लागि अनुबन्ध गरिएको छ ।1656069_732749186759251_894655447_n
सुरज भुषालको निर्देशन रहने फिल्म युवा प्रेमकथामा अधारित हुनेछ । शुक्रवार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरीनुका साथै फिल्ममा साइन गराइएको थियो । पत्रकार सम्मेलनमा नेपालमै रहेका फिल्म निर्माण टोलीले समेत नेपालबाटै स्काइपको माध्यमबाट सहभागीता जनाउनुका साथै उनीहरुसँग अन्र्तक्रिया गरेका थिए । दुर्गिस फिल्म्सका तर्फबाट डेनमार्कमा रहेका कलाकार तथा ब्यबस्थापक पूर्ण बन्धनले हस्ताक्षर गर्नूका साथै पत्रकार सम्मेलनमा सहभागीता जनाएका थिए ।1797592_732749366759233_2007309444_n
गत डिसेम्बरमा सुनिल रावल युरोप भ्रमण रहेका बेला उनको फिल्म निर्माता कम्पनी दुर्गिस फिल्मस र पूर्ण बन्धन संस्थापक अध्यक्ष रहेको डेनमार्कस्थीत ‘नेपाली सडक महोत्सव प्रतिष्ठान’बीच सुदूरपश्चिममा ‘छोराछोरीको घर’ नामक बालगृह स्थापना गरी परोपकारका क्षेत्रमा समेत साझेदारी हुने गरी एक सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार दूर्गिस फिल्मसको तेस्रो फिल्मको छायांकनको केही खण्ड डेनमार्कमा गरिने र त्यसका लागि नेपाली सडक महोत्सव प्रतिष्ठानले सम्पूर्ण व्यवस्था मिलाउने कुरा उल्लेख छ । जसवापत दुर्गिस फिल्म्सले पनि प्रतिष्ठानले लक्षित गरेको सुदूरपश्चिमको छोराछोरीको घर बनाउनका लागि कूल नाफाको ५ प्रतिशत आर्थिक सहयोग दिने सहमती भएको थियो ।

Namaste Filmy

Read Previous

जेलबाट बहिर आएका सञ्जय दत्तप्रति नाना पाटेकरको आक्रोश ।

Read Next

लभस्टोरी फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' को सिक्वेल बन्ने ।