अर्जुनको 'सर्माएर लजाएर' । भिडियो हेर्नुहोस ।

[dropcap]सं[/dropcap]गीतकार अर्जुन पोखरेलले केहि दिनअघि मात्र मुम्बई पुगेर रेकर्ड गराएको गीत ‘सर्माएर लजाएर’ को भिडियो रिलिज भएको छ । भिडियोमा हिरो आर्यन सिग्देल, अनु क्षेत्री र श्याम फिचिरिङ छन ।aryan-sarmayera गीतमा चर्चित गायक उदितनारायण झाले स्वर दिएका छन । संगीतकार पोखरेलले केहि दिनअघि मुम्बई पुगेका बेला उदितको स्वरमा गीत रेकर्ड गराएका थिए ।
स्वर्णिम सपना एल्बममा समावेश गीत देवल भण्डारीले लेखेका हुन । गीतलाई दर्शक स्रोताले रुचाउनेमा अर्जुनले पुर्ण बिश्वास देखाए । उनले मुम्बईमा रेकर्ड गराएको कुनैपनि गीतको क्वालिटी नै अर्कै हुने बताए ।
सार्वजनिक भिडियोलाई रिनाशा राईले निर्देशन गरेकी हुन भने रोशन श्रेष्ठ, रामकुमार केसीले खिचेका हुन । भिडियो सम्पादन मोक्षले गरेका हुन ।

गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

जुलाई ३१ मा अजय देवगणको 'दृश्यम' ।

Read Next

"हवल्दार सुन्तली"को नयाँ गीत रिलिज ( भिडियो सहित )