विक्की क्षितिज भए हर्षिका बादल हेर्नुहोश ( भिडियो सहित )

चैत्र २० गते देखि प्रदर्शनमा आउने लागेको चलचित्र “साइकल”को रोमान्टीक गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक ‘म क्षितिज भए तिमी बादल’ गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द राजेन्द्र श्रेष्ठले संगीत र सम्भु रैकाको स्वर रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार हर्षिका श्रेष्ठ र विक्की मल्ल देखिएका छन् भने गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
cycleचलचित्रमा बिकि मल्ल ,हर्षीका श्रेष्ठ,दिनेश डी.सी .रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ ।चलचित्रमा विश्व साइकल यात्री पुस्कर शाहको समेत अभिनय रहेको छ ।शिव घिमिरेको निर्देशन रहेको ‘साइकल’लाई राजेन्द्र श्रेष्ठ रत्न बाहादुर श्रेष्ठ , श्रीमाया श्रेष्ठ र श्रीष्टी थापाले मिलेर निर्माण गरेका हुन् ।टप इन्टरटेम्मेन्टको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नविन निरौलाको सम्पादन ,प्रदीप खड्काको एक्शन ,निरज कंडेलको छायांकन रहेको छ ।

Namaste Filmy

Read Previous

युटुबमा हिट सन्नीको सेक्सी ट्रेलर । भिडियो ।

Read Next

यी हुन छोरी बलात्कार गर्ने अभिनेता ।