
आगामी बैशाख २५ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स`को अडियो गीत सार्वजनिक गरिएको छ ।चलचित्रमा समावेश छ वटा अडियो गीतहरु युट्यूब मार्फत सार्वजनिक गरिएको हो ।‘ड्रिन्क ड्रान्क ड्रन्क’, ‘बावु त बन्नु’, ‘मुसुक्क हाँस्ने’, ‘आधि आधी टुक्रा’, ‘फेरी आउँछ’ र ‘तु रु रु तु रु’ नामक बोलका छ वटै गीतमा स्वप्निल शर्माको आवाज, शब्द र संगीत रहेको छ ।
सार्वजनिक गरिएको पहिलो गीत ‘ड्रिन्क ड्रान्क ड्रन्क’मा भने स्वप्निल शर्मा सँगै सञ्जय र नवराज अन्सारीको आवाज सुन्न सकिन्छ, त्यस्तै ‘मुसुक्क हाँस्ने’ बोलको गीतमा स्वप्निललाई श्रेया सोताङ्गले आवाजमा साथ दिएकी छिन् ।
दुर्गिस फिल्मस्को ब्यानरमा चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।चलचित्र ‘होस्टेल रिटर्न्स`लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।चलचित्रमा सुशिल श्रेष्ठ, अभय बराल, नजिर हुसेन, शुसिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, निर्मल शर्मा, दिया मास्के, सुदम सिके, पिके चौधरी लगाएतको मुख्य भूमिका रहेको छ ।
स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्शन , गोविन्द राइको नृत्य निर्देशन रहेको फिल्मको पटकथा निर्देशक सुरज भुषाल र सन्तोष लम्सालले लेखेका यस चलचित्रलाई बहुप्रतिक्षित चलचित्रको रुपमा लिएको छ ।चलचित्र ‘होस्टेल रिटर्न्स`अघिल्लो बर्षको हिट चलचित्र ‘होस्टेल” को सिक्वेल चलचित्र हो ।

