लभस्टोरी फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' को सिक्वेल बन्ने ।

फाल्गुन १७ ।
एक जामानाका सवैभन्दा रोमान्टिक जोडि शाहरुख खान र काजोल अभिनित सुपरहिट चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएगे’ को सिक्वेल बन्न लागेको खबर भारतीय सञ्चारमाध्यममा आएको छ । सन १९९५ मा रिलिज भएको आदित्य चोपडा निर्मित फिल्म ‘दिलवाले दुल्हनिया ले जाएगे’ कै सिक्वेलको रुपमा बन्न लागेको फिल्मको बारेमा एक अंग्रेजी पत्रिकामा उल्लेख गरेको पाइएको छ ।Wallpaper-dilwale-dulhania-le-jayenge-32189780-1920-1080फिल्ममा शाहरुख र काजोल को केमियो भुमिका रहने जनाइएको छ । फिल्मको नाम भने ‘दुल्हनिया चले दिवानी कि साथ’ रहन सक्ने समाचारमा उल्लेख छ । यसबारे अधिकारिक जानकारी नआए पनि एक स्रोतका अनुसार फिल्मको गीतहरुको छयांकन भने भारत बाहिर गरिने बुझिएको छ । फिल्मको सिक्वेल निर्माण बारे चोपडा प्रोडक्सन हाउसले भने केहि बोलेका छैनन । स्मरण रहोस सन १९९५ मा प्रदर्शनमा आएको फिल्म दिलवाले दुल्हनिया ले जाएगे सालकै सुपरहिट फिल्म बनेको थियो । यश चोपडाको निर्माण अनि आदित्य चोपडाको निर्देशनमा बनेको फिल्ममा शाहरुख खान, काजोल, अम्रिश पुरी, अनुपम खेर लगायतका कलाकारहरुको अभिनय रहेको थियो

Read Previous

दुर्गिश फिल्मसको नयां फिल्मका लागी बिदेशी कलाकार अनुबन्धित ।

Read Next

नोभेम्बर रेन सोलो रिलिज गर्नको लागी नेफ्टाको अपिल ।