यूरोपमा छायाकंन गरिएको ‘नमस्ते नेपाल’ को ट्रेलर सार्वजनिक हेर्नुहोस ( भिडियो सहित )

चलचित्र ‘नमस्ते नेपाल’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।“नमस्ते नेपाल”को छायाकंन यूरोपका फ्रान्स , बेल्जियम , जर्मनी सहित विभिन्न देशमा गरिएको थियो ।
namaste nepalप्रदिप कुमार उदय, श्याम श्रेष्ठ र श्रीजु शाहको लगानी रहेको यो चलचित्रमा सविन श्रेष्ठ, आना(बेल्जियम), श्याम श्रेष्ठ(बेल्जियम), गोपाल ढकाल, अडि(बेल्जियम), जर्ज(बेल्जियम),सनम कुमार वैरागी, कमला दाहाल, नरेन्द्र थापा, पार्वती अधिकारीको लगायतको मुख्य भूमिका रहेको छ । चलचित्र “नमस्ते नेपाल”लाई राजु शाहले निर्देशन गरेका हुन् ।दिव्य सुवेदीको छायांकन, वसन्त सापकोटा र ओम सुनारको संगीत, चन्द्र पन्तको एक्सन, राजु शाह र चरन प्रधानको नृत्य रहेको चलचित्र “नमस्ते नेपाल”को रिलिज मिति भने तय गरिएको छैन ।

Namaste Filmy

Read Previous

‘होस्टेल रिटर्न्स`को अडियो गीत सार्वजनिक

Read Next

जड्याँह बन्ने भए आमिर खान ।