हमाल दम्पति अमेरिकामा । दिदिभिनाजुको घरमा भित्रिइन् मधु ।

[dropcap]फि[/dropcap]ल्म उद्योगका महानायक राजेश हमाल मंगलबार अमेरिका उत्रिएका छन । उनी आफ्नो धर्मपत्नी मधु भट्टराईका साथ मंगलबार अपरान्ह न्युयोर्कको जेएफके अन्तराष्ट्रिय बिमानस्थल ओर्लिएका हुन । Rajesh Hamal with his Family in New Jersyउनको स्वागतका लागी बिमानस्थलमा हमालकी दिदी डा। रेखा हमाल र भिनाजु खगेन्द्र जिसीसहितको परिवार विमानस्थल पुगेका थिए । विमानस्थलमा स्वागतसँगै दिदि भिनाजुले न्यु जर्सीस्थित आफ्नो निवासमा भाइ बुहारी भित्र्याएका छन । विहेपछि हमाल जोडीको यो नै पहिलो अमेरिका भ्रमण भएकाले नेपाली संस्कार र परम्पराअनुसार बुहारी भित्र्याइएको हो । यसरी परम्पराअनुसार भाइबुहारी भित्र्याउन पाउँदा अत्यन्त खुशी लागेको भिनाजु जिसीले बताए । Rajesh.Madhuहमाल एनआरएनको सधारणसभामा अतिथिको हैसियतले सहभागी हुन अमेरिका पुगेका हुन । उनको पत्नी मधु त्यहाँको फस्ट लेडी रहनेछिन । एनआरएन अध्यक्ष रहेका भिनाजु जिसीकै निमन्त्रणमा त्यहाँ पुगेका हमाल जोडी शनिबार राती विभिन्न कलाकारको साथमा साँस्कृतिक कार्यक्रममा सहभागी हुनेछन ।
त्यसबाहेक वासिङटन डिसी, न्युयोर्क, बोष्टन, मेरिल्यान्ड लगायत शहरमा हमाल पुग्नेछन र आउदो २४ तारिखका दिन उनी स्वदेश फर्किनेछन ।

Namaste Filmy

Read Previous

जड्याँह बन्ने भए आमिर खान ।

Read Next

आफ्नै पतिले नाङगो फोटो ट्वीट गरेपछि ।