नोभेम्बर रेन सोलो रिलिज गर्नको लागी नेफ्टाको अपिल ।

फाल्गुन १७ । अगामी चैत्र १४ गतेबाट रिलिजको लागी तयार रहेको फिल्म नोभेम्बर रेनलाई सोलो प्रदर्शनक मिलाइदिन नेपाल चलचित्र प्रविधिक संघले आग्रह गरेका छन ।nefta-press-releaseफिल्मका निर्माता सुवास गिरीले हालै मात्र प्राविधिक संघसँग मिलेर मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ भव्यताका साथ सम्पन्न पारेका थिए र सो सहयोगको गून तीर्न नेफ्टाले यो अपिल गरेको बुझिएको छ । सुवासले नेपाली सिने बजारलाई अन्तरराष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाले सोलो प्रदर्शनको व्यवस्था मिलाइदिन आग्रह गर्दै शुक्रबार विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा सम्पूर्ण संघसंस्था, हलसंचालक, निर्माता, निर्देशकलाई आफ्नो यो कदममा सहयोग गरिदिन आग्रह गरिएको छ ।सो मिति मा अर्को फिल्म ‘झेली’ पनि प्रदर्शनमा आदैछ ।novemberसुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन् । आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ लगायतका कलाकारले अभिनय गरेको यो सिनेमालाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

लभस्टोरी फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' को सिक्वेल बन्ने ।

Read Next