किशोरीसँग अमिताभले मागे माफि ।

amitabh_bachchan_624x351_afpबलिउड महानायक अमिताभ बच्चनले एक किशोरीसँग माफि मागेका छन । कहिल्यै कुनै नकरात्मक विवादमा नफस्ने यी बिग स्टारले किन माफी माग्नुपर्यो त ?
उनले कुनै गल्ती वा अपराध गरेर माफी मागेका हैनन । एक १५ बर्षीय किशोरी फ्यानलाई उनको जन्मदिनमा शुभकामना दिन नपाएकाले अमिताभले उनीसँग माफि मागेका हुन । अमिताभले ‘सधै आफ्नो फ्यानसँग नजिक रहने’ बाचा आफुले तोडेको भन्दै किशोरीसँग माफी मागेका हुन ।
फ्यान किशोरी अमिताले ट्वीट गरेकी थिइन : प्रशंसक सँग नजिक रहने बिग बीको बाचा झुटो रहेछ । उक्त ट्वीट पढेपछि अमिताभ पग्लिए र अमितासँग माफि मागे । अमिताभले आफु हरदम प्रशंसको केयर गर्ने र आफुलाई माया गर्नेलाई आफुले पनि माया गर्ने बाचा पनि गरेका छन ।

Namaste Filmy

Read Previous

जेठ १ बाट 'चंखे शंखे पंखे' ।

Read Next

‘होस्टेल रिटर्न्स`मा कसको मुसुक्कै हास्ने बानीले ज्यानै लाने भयो हेर्नुहोस (भिडियो सहित)