‘होस्टेल रिटर्न्स`मा कसको मुसुक्कै हास्ने बानीले ज्यानै लाने भयो हेर्नुहोस (भिडियो सहित)

बैशाख २५ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल रिटर्न्स`को नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।‘मुसुक्कै हास्ने तिम्रो बानीले’नामक बोलको सार्वजनिक गीत स्वप्निल शर्मा र श्रीया सोताङको स्वर रहेको छ भने शब्द तथा संगीत स्वप्निल शर्माले दिएका छन् । गोबिन्द राईको नृत्य निर्देशन रहेको यस गीतमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का लगायतका कलाकारहरुलाई फिचरिंग गरिएको छ ।चलचित्रले विद्यार्थीहरुको कथा बोकेको छ ।
hostel returnsचलचित्र ‘होस्टेल रिटर्न्स`लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।दुर्गिस फिल्मस्को ब्यानरमा चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् ।चलचित्रमा सुशिल श्रेष्ठ, अभय बराल, नजिर हुसेन, शुसिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, निर्मल शर्मा, दिया मास्के, सुदम सिके, पिके चौधरी लगाएतको मुख्य भूमिका रहेको छ ।हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्शन , गोविन्द राइको नृत्य निर्देशन रहेको फिल्मको पटकथा निर्देशक सुरज भुषाल र सन्तोष लम्सालले लेखेका यस चलचित्रलाई बहुप्रतिक्षित चलचित्रको रुपमा लिएको छ ।

Namaste Filmy

Read Previous

किशोरीसँग अमिताभले मागे माफि ।

Read Next

चेतन सापकोटाले नवल नेपाललाई लिएर ‘भाग् सानी भाग्’ निर्माण गर्दै