'मुटु'को सफलताले हौसिएका एभरेष्ट सुर्य बोहोराले 'ठुली' बनाउने ।

फाल्गुन १७ ।
नेपाली कथानक चलचित्र ‘मुटु’को सफल प्रदर्शनपछि निर्माता निर्देशक  एभरेष्ट सुर्य बोहोरा अर्को चलचित्र को निर्माणमा जुट्ने भएका छन । उनको नयां फिल्मको नाम ‘ठुली’ राखिएको छ ।thuli एभरेष्ट कला यात्रा फिल्मसको ब्यानरमा शुसिल बस्नेत निर्माता रहेको फिल्म ‘ठुली’लाई सुर्य स्वयं ले निर्देशन गर्ने भएका छन । सत्य घटनामा अधारित भनिएको फिल्म ‘ठुली’को लागी कलाकारहरुको छनौट भने हुन बाकि छ । सुर्य बोहोराकै कथा रहेको फिल्ममा शेर ब. लामाको छयांकन, मित्र गुरुङको सम्पादन र बसन्त सापकोटाको संगीत रहनेछ । सुर्यका अनुसार हाल फिल्मको गीत तयार हुदै गरेको बताइएको छ ।
1904211_10152214867585659_1771132480_n
अग्निपरिक्षा र कान्छा निर्देशन गरेर अमेरिका पलायन भएका एभरेष्ट सुर्य बोहोरा करिब १५ बर्षपछि नेपाल फर्किएर मुटु निर्माण एवं निर्देशन गरेका हुन । फिल्म मुटु हाल देशभरका विभिन्न हलहरुमा सफलताका साथ प्रदर्शन भइरहेको छ । मुटुको सफलताले हौसियर अर्को फिल्म निर्माणमा हात हालेका सुर्यले अब भने फिल्म निर्माण एवंम निर्देशनमा निरन्तरता दिने बताइएको छ ।

Namaste Filmy

Read Previous

Read Next

फिल्म 'शादि के साइड इफेक्ट'को बक्स अफिसमा सामन्य सुरुवात ।