शिल्पा शेठ्ठीमाथी ९ करोड ठगीको आरोप ।

shilpa-shettyबलिउड अभिनेत्री शिल्पा शेठ्ठी समस्यामा परेकी छिन । उनीबिरुद्ध कलकत्ताको एक कम्पनीले ९ करोड ठगीको आरोप लगाएपछि उनलाई तनाव थपिएको हो ।
कलकत्ताको एमके मिडिया प्रालि ले शिल्पामाथी धोका दिई ठगेको आरोप लगाएको हो । शिल्पाबिरुद्ध प्रहरीमा उजुरीसमेत दिइएको छ ।
कम्पनीका अनुसार शिल्पाले एक यस्तो कम्पनीमा लगानी गर्न लगाइयो जसलाई शिल्पा स्वयमले चलाउने गर्थिन । त्यहा लगानी गरेबापत दुई बर्षभित्रमा दश दुना पैसा फिर्ता गर्ने शर्त थियो । तर शिल्पाले बाचा पुरा नगरेको आरोप छ ।

Namaste Filmy

Read Previous

लक्ष्मण सुबेदीको चलचित्र"लालजोडी"को गीत रेकर्डिङ

Read Next

गायक धिमालको टाईटल गितको म्युजिक भिडियो आउँदै