बलिउडमा नेपाली हिरोइनको कमब्याक ।

[dropcap][/dropcap]लिउडमा एक समय सर्वाधिक रुचाइएकी नायिका मनिषा कोइराला पछिल्लो केहि बर्षयता फिल्मबाट टाढा थिइन । तर अब उनी पुन फिल्मको पर्दामा देखिने भएकी छिन । manisha_koiralaकन्नड तथा तमिल भाषामा बनिरहेको एक फिल्म बाट उनले कमब्याक गर्दैछिन । फिल्मको भाषाअनुसार नाम पनि फरक फरक रहने बताइएको छ  । मनिषाले भने ट्वीटरमा आफु फिल्म गेमको सुटिङमा रहेको लेखेकी छिन ।
फिल्मको उनको लुक्सलाई लिएर चौतर्फि चर्चा चलिरहेको छ । उनी हट एण्ड सेक्सी गेटअपमा प्रस्तुत हुदैछिन जुन लुक्सको तस्वीर मनिषा स्वयमले ट्वीट गरेकी छिन ।manisha_koirala1 फिल्मलाई एमआर रमेशले निर्देशन गरिरहेका छन भने मनिषासँगै अर्जुन सर्जा र सामको पनि मुख्य भुमिका छ । बलिउडका दर्जनौ हिट फिल्ममा अभिनय गरेकी मनिषा नेपाली नागरिक हुन ।

Namaste Filmy

Read Previous

मोडलिङमा जम्दै रमेश बस्नेत । भिडियो सहित ।

Read Next

'जेरी'पछि 'पुनर्जन्म' पनि मुनाफाको मुखमा ।