फिल्म 'शादि के साइड इफेक्ट'को बक्स अफिसमा सामन्य सुरुवात ।

फाल्गुन १७ ।
बलिउडमा शुक्रबार रिलिज भएको फिल्म शादी कि साइड इफेक्टको ओपनिङ कलेक्सन खासै उत्साहजनक हुन नसकेको रिपोर्ट प्राप्त भएको छ । बलिउडका अधिकांश ठुला शहरमा लागेको यस फिल्मले पहिलो दिन ४० प्रतिशत मात्र विजनेस गरेको थियो । जम्मा जम्मी कलेक्सन गर्दा फिल्मले पहिलो दिन ४.५ करोडको ब्यापार गरेको थियो । जुन शादी कि साइड इफेक्ट जस्ता विग ब्यानरका फिल्मको लागी नराम्रो नतिजा हो ।maxresdefaultएकता कपुर प्रोडक्सनको लागी एकता कपुर निर्मित फिल्ममा बिद्या बालन र फरहान अख्तरको अभिनय रहेको छ । फिल्मलाई साकेत चौधरीले निर्देशन गरेका हुन । फिल्म यसअघि केहि बर्ष पहिले प्रदर्शन भएको फिल्म प्यार कि साइड इफेक्टको सिक्वेलको रुपमा निर्माण भएको हो । फिल्मको चौतर्फी चर्चा परिचर्चा भइरहेको भए तापनि बक्सअफिसमा खासै उत्कृष्ट सुरुवात गर्न नसकेको फिल्मको शनिबारको कलेक्सन पनि खासै उत्कृष्ट नरहेको बुझिएको छ । यता फिल्मले नेपालमा पनि खासै धेरै कलेक्सन गर्न नसकेको नेपाली बितरकको भनाई छ ।

Namaste Filmy

Read Previous

'मुटु'को सफलताले हौसिएका एभरेष्ट सुर्य बोहोराले 'ठुली' बनाउने ।

Read Next

चलचित्र मुटुका नायक विमलेश र उहाँको अनुभूति